जी- ७ भन्दा ब्रिक्स् जीडीपी धेरै भएको भन्दै रुसी विदेश मन्त्रालयकी प्रवक्ता भन्छिन्: पश्चिमा एकल सत्ता सकियो
काठमाडौँ । रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाकारोभाले अमेरिकी नेतृत्वको पश्चिमा एकल सत्ताको युग सकिएको बताइन् । उनले अहिलेको विश्व बहु धुव्रीकरण भएको भन्दै अब पश्चिमाको मात्रै दबदबा नहुने बताइन् ।
रुसी विश्व च्यानल आरटीका अनुसार सेन्टपिटर्सबर्ग अन्तराष्ट्रिय आर्थिक मन्चमा बोल्दै उनले यस्तो बताएकी हुन् ।
उनले सांघाइ सहयोग संगठनमा विश्वको आधा जनसंख्या ३ अर्ब रहेको ब्रिक्स्को क्षेत्रफल पृथ्वीको एक तिहाई भएको र जीडीपी पनि जि ७ भन्दा ३ प्रतिशत धेरै ३३ प्रतिशत भएको भन्दै उनले अब पश्चिमा एकल सत्ता सकिएको बताइन् ।
उनले भनिन्, ‘हामीले यो बिर्सनुहुन्न कि एकत्रित पश्चिमा अल्पमतमा छन् । उनीहरुको विश्वदृष्टी उनीहरु बाहेक अरुले मान्दैनन् ।’