रिकन्डिसन अटो व्यवसायी संघको नेतृत्वमा कोइराला प्यानल नै निर्वाचित
काठमाडौं । नेपाली बजारमा सेकेन्ड ह्यान्ड गाडी बिक्री गर्दै आएका व्यवसायीहरूको संगठन नेपाल रिकन्डिसन अटो व्यवसायी संघले नयाँ कार्यसमिति चयन भएको छ ।
काठमाडौंमा सम्पन्न सातौँ र आठौँ साधारण सभा तथा दोस्रो अधिवेशनले रमेश कोइरालालाई पुनः अध्यक्ष पदमा निर्वाचित गर्दै आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।
निर्वाचनमा कोइरालाको प्यानल पुरै विजयी भएको छ । भने, उनको प्रतिस्पर्धामा कुमार चिमोरियाको नेतृत्वमा अर्को प्यानल निर्वाचनमा होमिएको थियो ।
घोषित परिणाम अनुसार संघको वरिष्ठ उपाध्यक्षमा राजकुमार देवकोटा, उपाध्यक्षमा प्रवीण लामिछाने, महासचिवमा कुमार बोगटी, सचिवमा डुक्पा घले र अमित अधिकारी निर्वाचित भएका छन् ।
त्यसै गरी पदाधिकारीहरू मध्ये कोषाध्यक्षमा प्रदीप राना मगर र सह कोषाध्यक्षमा राजेन्द्रमान श्रेष्ठ निर्वाचित भएका हुन् ।
निर्वाचित कार्यसमिति सदस्यहरूमा मनिषराज पाण्डे, देवेन्द्र कुमार श्रेष्ठ, नेत्र तिमल्सिना, मुक्तिनाथ न्यौपाने, रुद्र ढुंगाना, अशोक धिताल र टोक बहादुर पौडेल निर्वाचित भएका छन् ।