घनश्यामको आरोप- ओलीले एमाले जोगाउन संसद विघटन गरे, प्रधानमन्त्री जोगाउन पार्टी फुटाए (भिडिओ) – Nepal Press

घनश्यामको आरोप- ओलीले एमाले जोगाउन संसद विघटन गरे, प्रधानमन्त्री जोगाउन पार्टी फुटाए (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले संसद विघटन गरेर आफूले नेकपा एमाले जोगाएको भनी दिएको अभिव्यक्ति सामान्य नरहेको टिप्पणी गरेका छन् ।

समाजवादबारे नेकपा एसको कार्यक्रममा बोल्दै महासचिव भुसालले पार्टी जोगाउन संसद विघटन गर्ने र प्रधानमन्त्री जोगाउन पार्टी विघटन गर्ने असामान्य काम ओलीले गरेको बताए ।

भुसालले भने- एकजना कम्युनिस्ट पार्टीका नेताले हिजोमात्रै संसद विघटन गरेर एमाले जोगाएँ भनेका छन् । यो सामान्य कुरा होइन । कम्युनिस्ट पार्टी जोगाउन जनताको अधिकार र संविधान नै मिचेर बहुमत रहेको संसद विघटन गर्ने कुरा सामान्य होइन । उहाँले पार्टी जोगाउन संसद,प्रधानमन्त्री जोगाउन पार्टी र गुट जोगाउन विधि पद्धति सिध्याउनुभयो र त्यसमा गर्व गर्दै हुनुहुन्छ ।

महासचिव भुसालले नवौँ महाधिवेशनबाट नीति आफूहरूको पारित भए पनि नेतृत्वमा केपी ओली आएपछि पार्टी विघटनमा गएको दाबी समेत गरे । त्यसमा वामदेव गौतमको दोष रहेको समेत भुसालको आरोप छ । नीति आफूहरूको मानेर नेता चाहिँ ओलीलाई बनाउन बामदेव हिँडेको उनको भनाइ थियो ।


प्रतिक्रिया

2 thoughts on “घनश्यामको आरोप- ओलीले एमाले जोगाउन संसद विघटन गरे, प्रधानमन्त्री जोगाउन पार्टी फुटाए (भिडिओ)

  1. घनश्याम भुसाल कम्युनिस्ट विरोधी भाइ कांग्रेस हुन यीनलाई कदापि एमालेले पक्षपोषण नगरोस्

  2. वर्गीय प्रेमले ओतप्रोत हुदै एकता वध्द भएर अघि वढनु पर्ने कम्युनिष्टहरू आपसमा लडिरहेका छन । देशमा अनेक नामका कम्युनिष्ट पार्टीहरू संगठित छन । आपसमा अनेक विवाद र झगडा विद्यमान छन । एउटै कम्युनिष्ट पार्टी भित्र मारामार र पानी बाराबार छ । एक अर्काको विरूध्द मोर्चाहरू खुलेका छन । विचारको लडाई गरि रहेका कम्युनिष्ट पार्टीका एउटा गाऊ कमिटीको बैठक समेत सहज छैन । सामान्य शपथ ग्रहण कार्यक्रममा समेत घातक आक्रमण हुने र नेताहरूको ज्यान जोखिममा पर्ने या मारीने सम्मका घट्ना हुन थालेका छन
    भनिन्छ कम्युनिष्टहरू सिद्धान्तमा अडिग हुन्छन । विचारमा अव्वल र दृढ हुन्छन । उनिहरूलाई कुनै कुराले हल्लाउन सक्दैन । मार्क्सवाद यस्तो विचार हो जस्ले व्यक्तिलाई स्पात वनाई दिन्छ । मार्क्सवाद राम्रो वुझेको राजनीतिक नेता कार्यकर्ता भनेका घनघोर जङ्गलका सत्तीसाल हुन । उनिहरूलाई कुनै लोभ, लालच र प्रलोभनले आकर्षण गर्न सक्दैन ।
    सौम्यपन, धैर्य, विनम्रता नभएको र अरूको सम्मान नगर्ने मानिसले देशलाई नेतृत्व दिन सक्दैन । यी दुर्गुणहरु घनश्यामजी मा स्पस्ट देखियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर