समाजवादी क्रान्तिबारे घनश्यामको टिप्पणी- एमाले व्यक्ति पूजामा छ, माओवादीको उमेर पुगेको छैन (भिडिओ) – Nepal Press

समाजवादी क्रान्तिबारे घनश्यामको टिप्पणी- एमाले व्यक्ति पूजामा छ, माओवादीको उमेर पुगेको छैन (भिडिओ)

'माधव नेपालले ७५ सालमै जितेको भए त्यतिबेलै सुरू गरिसक्थ्यौं'

काठमाडौं । नेकपा एसका महासचिव घनश्याम भुसालले नेकपा एमाले र माओवादी केन्द्रले नेपालमा समाजवाद ल्याउन नसक्ने बताएका छन् ।

आइतबार काठमाडौंमा नेपालमा समाजवादी क्रान्ति विषयक अन्तरक्रियामा उनले नेकपा एमाले समाजवादी क्रान्ति ल्याउन बनेको पार्टी नभएको जिकिर गरे । नेकपा एमाले व्यक्ति पूजामा अझै केही समय अल्झिरहने भन्दै उनले माओवादीको समाजवादी क्रान्ति ल्याउने उमेर नपुगेको र बुझ्न अझै धेरै समय लग्ने टिप्पणी गरे ।

नेपालमा समाजवादी क्रान्ति आफ्नो पार्टी नेकपा एसले मात्रै ल्याउनसक्ने घनश्यामको जिरह छ ।

उनको भनाइ यस्तो छ

हाम्रो नवौं महाधिवेशनले त्यो गलत निर्णय गरेको हुँदैन थियो भने आज समाजवादी जुन कार्यक्रम हामीले बनाएका छौं, २०७५ सालमा नेपाली विशेषताको कार्यक्रम बनिसकेको हुन्थ्यो । कमरेड माधवकुमार नेपालले जितेको भए । हामीले ५ महिना पाएको भए हामीले त्यतिबेलै कार्यक्रम ल्याउने थियौँ । त्यो काम ०७५ सालमा गर्नु पर्दथ्यो, अहिले २०८१ मा हामी गर्दैछौं । मुलुकले भयंकर ठूलो क्षति व्यहोरेपछि नेकपा एसले आज गर्दैछ । यो सारा काम यो महाधिवेशनले एकै पटक गर्दैन ।

हाम्रा प्रयत्न सार्थक भएका छन्, सफल भएको छैनन् । पुनःगठन र रुपान्तरणको प्रयत्न सार्थक हुन सकेको छैन, त्यो साँचो हो । विज्ञानमा प्रयत्न गर्नुको औचित्यहिनता कतै हुँदैन । यो महाधिवेशनबाट कतै न कतै समाजवादी क्रान्तिमा पुग्ने एउटा सन्देश दिनुपर्छ । यो सारा क्रान्ति नेकपा एमालेले गर्दैन । किनभने त्यो नगर्नका लागि बनेको पार्टी हो । त्यो एक हिसाबले व्यक्ति पूजा । आगामी दिनमा व्यक्तिपूजाको अझै ठूलो प्रयत्न गर्नेछ । यसकाविरुद्धमा प्रयत्न हुनेछ र यही वरपर लाग्नेछ । माओवादीले यो कुरा बुझ्न अझै धेरै समय लाग्छ । उसको त्यो हिसाबले सिद्धान्त बुझ्ने उमेर भएको छैन । हाम्रो यो सानो पार्टीका काँधमा ठूलो र गम्भीर जिम्मेवारी छ ।


प्रतिक्रिया

One thought on “समाजवादी क्रान्तिबारे घनश्यामको टिप्पणी- एमाले व्यक्ति पूजामा छ, माओवादीको उमेर पुगेको छैन (भिडिओ)

  1. दलालहरूका कुरा सुन्ने समय छैन जनतामा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर