नेप्से घटेपनि ५ अर्बभन्दा बढीको कारोबार
काठमाडौं । आइतबार नेप्से परिसूचक ४.५९ बिन्दुले घटेर २०७३.१९ अंकमा अडिएको छ । यद्यपि कारोबार रकममा भने उत्साह देखिएको छ ।
आइतबार घटेको बजारमा ५ अर्ब १८ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । अघिल्लो कारोबार (बिहीबार) ४ अर्ब भन्दा बढीको शेयर खरिदबिक्री भएको थियो । पछिल्लोपटक जेठ ९ गते ५ अर्ब बढीको शेयर कारोबार भएपनि त्यसयता ५ अर्ब कारोबार पुग्न सकेको थिएन । आज भने कारोबारले ५ अर्ब पार गरेको छ ।
४ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लेभलमा शेयर मूल्य बढ्ने कम्पनीमा इस्टर्न हाइड्रोपावर लिमिटेड, शुभम पावर लिमिटेड, सीटी होटल र कुथेली बुखरी स्मल हाइड्रोपावर रहेको छ । यिनीहरुको सेयर मूल्य १० प्रतिशतले बढेको हो ।
१३ मध्ये ५ समूहका सूचक सकारात्मक छन् । होटल तथा पर्यटन समूहमा सबैभन्दा बढी वृद्धि देखिएको छ ।