काठमाडौंमा एक वर्षमा झण्डै साढे १६ हजार बैंकिङ कसुरको मुद्दा, प्रहरीको यस्तो आग्रह (भिडिओ) – Nepal Press

काठमाडौंमा एक वर्षमा झण्डै साढे १६ हजार बैंकिङ कसुरको मुद्दा, प्रहरीको यस्तो आग्रह (भिडिओ)

काठमाडौं । नेपाल प्रहरीले सुरक्षित रूपमा बैंकिङ कारोबार गर्न आग्रह गरेको छ ।

नेपालमा निरन्तर बैंकिङ कसुरका घटनाहरू बढ्दै गएको भन्दै सुरक्षित रूपमा बैंकिङ कारोबार गर्न आग्रह गरेको हो । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले नियतवस वा अन्जानमा बैंकिङ कसुरका घटना बढ्दै गएको जानकारी दिए ।

गत आर्थिक वर्षमा १६ हजार ३ सय २२ वटा बैंकिङ कसुरका मुद्दा दर्ता भएको भन्दै उनले यस आर्थिक वर्षमा अहिलेसम्म १३ हजार ३ सय १० वटा मुद्दा दर्ता भएको बताए । आफूले काटेको चेकलाई खाम्ने रकम आफ्नो खातामा नभएको जानी जानी चेक दिने घटनाहरू धेरै आएको प्रहरीले जनाएको छ । बैंकिङ कसुरका घटना बढ्दै गएपछि प्रहरीले सामुदायिक प्रहरी कार्यक्रम अन्तर्गत जनचेतनामूलक कार्यक्रमहरू गर्दै आएको प्रहरी वरिष्ठ उपरीक्षक मैनालीले बताए ।

उनका अनुसार बैंकिङ कसुर भएको कुरा थाहा पाएको मितिले एक वर्षभित्र जाहेरी दिन सकिने हदम्याद छ । बैंकिङ कसुरका प्रतिवादी कतिपय मिटरब्याजबाट पीडितसमेत रहेको भन्ने आशंका रहँदारहँदै पनि स्पष्ट कानुनी आधार र पर्याप्त प्रमाणको अभावले प्रतिवादी पीडित हुने अवस्था रहेको मैनालीले बताए ।

मैनालीले बैंकिङ कसुरका घटना धेरै आएपछि प्रहरीहरु उक्त विषयमा केन्द्रित हुनुपर्दा अन्य शान्ति सुरक्षा, गम्भीर अपराधको अनुसन्धानमा प्रत्यक्ष वा परोक्षरूपमा असर पुगेको सुनाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर