मधेशमा जनमतबाट त्रिभुवन साह वन मन्त्री बन्दै, आजै शपथ लिने – Nepal Press

मधेशमा जनमतबाट त्रिभुवन साह वन मन्त्री बन्दै, आजै शपथ लिने

जनकपुरधाम । मधेश प्रदेशमा जनमत पार्टीबाट सांसद त्रिभुवन साह वन तथा वातावरण मन्त्री बन्दैछन् । साह सिरहा ४ (१)बाट निर्वाचित सांसद हुन् ।

सत्ता गठबन्धनमा भएको मन्त्रालय बाँडफाँटमा जनमतले मुख्यमन्त्री, एक मन्त्रालय र एक राज्यमन्त्री पाएको थियो । जनमतबाट सतिश सिंहलाई मुख्यमन्त्री र रञ्जु खंग विनाविभागीय राज्यमन्त्री बनेकी छन् ।

जनमतका अध्यक्ष डा. सीके राउत अमेरिका भ्रमणबाट फर्केपछि साहलाई मन्त्री चयन गरिएको एक सांसदले बताए । उनका अनुसार साहलाई मन्त्री नियुक्त गर्न सिफारिस गरिएको छ । सम्भवतः आजै शपथ लिनेछन् ।

विनाविभागीय राज्यमन्त्रीको शपथ लिएकी खंगलाई वन तथा वातावरण राज्यमन्त्री नियुक्त गरिने बुझिएको छ ‌। मधेश प्रदेशमा जनमतका १३ सांसद छन् । जनमतसहित ६ दलले सरकार बनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर