मधेशमा जनमतले सकिल मियालाई पनि मन्त्री बनाउँदै
नेपाल प्रेस
२०८१ जेठ २७ गते १६:५४
जनकपुरधाम । मधेश प्रदेशमा सरकारको नेतृत्व गरिरहेको जनमत पार्टीले सांसद सकिल मियालाई पनि मन्त्री बनाउने निर्णय गरेको छ ।
मिञा सप्तरीको क्षेत्र नम्बर १ (२)बाट निर्वाचित सांसद हुन् । उनलाई विनाविभागीय मन्त्री बनाउने निर्णय भएको जनमतका एक सांसदले बताए ।
यस्तै जनमतले वन तथा वातावरण मन्त्री सिरहा ४ (१)बाट निर्वाचित त्रिभुवन साहलाई बनाउने निर्णय गरेको छ । उनी दुवै जनाको नाम प्रदेश प्रमुख कार्यालयमा पुगिसकेको छ ।
प्रतिक्रिया