अर्घाखाँची एमाले अध्यक्षमा भुसाल र सचिवमा रायमाझी निर्विरोध, अन्य पदमा निर्वाचनको तयारी – Nepal Press

अर्घाखाँची एमाले अध्यक्षमा भुसाल र सचिवमा रायमाझी निर्विरोध, अन्य पदमा निर्वाचनको तयारी

रुपन्देही । नेकपा एमाले अर्घाखाँचीको अध्यक्षमा पीताम्बर भुसाल निर्विरोध भएका छन् । उनी निवर्तमान अध्यक्ष हुन् । त्यसैगरी सचिवमा तोजबहादुर रायमाझी विधान निर्विरोध भएका छन् । उनी पनि निवर्तमान सचिव हुन् । तर उपाध्यक्ष, उपसचिवद्वय र अन्य सदस्यहरूमा भने निर्वाचन हुने भएको छ ।

उपाध्यक्षमा निवर्तमान उपसचिव शम्भुप्रसाद पोखरेल र पूर्व प्रदेश कमिटी सदस्य प्रेमनारायण गैरेको उम्मेदारी परेको छ भने उपसचिव खुलामा खगेश्वर पन्थी र श्रीकृष्ण भुसाल र महिला उपसचिवमा शिवकला बिक र गीता भाट क्षेत्रीको उम्मेदवारी परेको छ ।

शनिवार सुरु भएको नवौँ अधिवेशनमा ६ पालिकाबाट ५ सय ६२ जना प्रतिनिधि सहभागी भएका छन् । मुख्य पद रहेको अध्यक्ष र सचिवमा निर्विरोध भएपछि केही प्रतिनिधिहरू फर्कन थालेका छन् ।

अहिले पनि विभिन्न पालिकाबाट आउने सदस्यहरू मिलाउन बैठक बसिरहेको र निर्वाचन सोमबार नै हुनसक्ने जिल्ला प्रचार विभाग प्रमुख शोभाखर पन्थीले नेपाल प्रेसलाई जानकारी दिए ।

‘अध्यक्षमा पीताम्बर भुसाल र सचिवमा तोजबहादुर रायमाझी विधान निर्विरोध हुनुभयो, अन्य पदाधिकारीमा निर्वाचन हुने भयो, त्यो आज हुनसक्ने सम्भावना कम छ’ उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर