शाइन रेसुंगा बैंक र लुम्बिनी केबलकारबीच सम्झौता – Nepal Press

शाइन रेसुंगा बैंक र लुम्बिनी केबलकारबीच सम्झौता

रुपन्देही । शाइन रेसुंगा डेभलपमेन्ट बैंक र लुम्बिनी केबलकारबीच व्यवसायिक सहकार्यसम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार बैंकका देशभरका कर्मचारीहरुलाई लुम्बिनी केबलकारको टिकट खरिदमा २० प्रतिशत छुट हुनेछ ।

सम्झौतापत्रमा लुम्बिनी केबलकारका अपरेशन म्यानेजर डीएन कायस्थ र शाइन रेसुंगा डेभलपमेन्ट बैंकका मानव संशाधन विकास तथा ब्राण्डिङ प्रमुख प्रभास राईले हस्ताक्षर गरेका छन् ।

केबलकारको टिकटमा छुट पाउन बैंकका कर्मचारीले बैंकको कर्मचारी परिचयपत्र अनिवार्य रुपमा साथमा राखेर टिकट काउन्टरमा देखाउनुपर्ने गरी सुम्झौता भएको केबलकारका म्यानेजर प्रज्ज्वल घिमिरेले बताए ।

लुम्बिनी प्रदेशमा मात्रै ७२ शाखा रहेको बैंकका देशभर ८८ वटा शाखा र एउटा एक्सटेन्सन काउन्टरमा गरी करिब एक हजार कर्मचारी कार्यरत छन् । बैंकले यस वर्ष बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंक अवार्ड जितेको छ ।

रुपन्देहीको पर्यटन प्रवर्द्धनमा अहं भूमिका खेल्नसक्ने प्रदेशको पहिलो केबलकार भएकाले लुम्बिनी केबलकारसँग व्यवासायिक सहकार्य गरिएको बैंकले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *