भर्खरै महिला प्रहरीको थप्पड खाएकी कंगनाले पुरुष म्यानेजरलाई चुप्पा खाएको फोटो भाइरल – Nepal Press

भर्खरै महिला प्रहरीको थप्पड खाएकी कंगनाले पुरुष म्यानेजरलाई चुप्पा खाएको फोटो भाइरल

काठमाडौं । भारतीय अभिनेत्री/नेतृ कंगना रणवत एक पटक फेरि सामाजिक सञ्जालमा हट केक बनिरहेकी छन् । केही दिनअघि मात्रै एक महिला प्रहरी जवानले उनलाई गालामा चड्कन हानेपछि उनी सामाजिक सञ्जालमा छाएकी हुन् ।

हालै भएको लोकसभा चुनावमा भारतीय जनता पार्टी (भाजपा)बाट विजय प्राप्त गरेको रौनकलाई एकाएक चड्कन काण्डले ओझेल पारिदियो । थप्पडको पक्ष र विपक्षमा भारतीयहरु बाँडिएका छन् । भाजपा समर्थकहरुले महिला प्रहरीको विरोध गर्दा अधिकांश भारतीहरुहरुबाट भने उनले स्याबासी पाएकी छन् ।

भारतीय फिल्मकर्मीहरु पनि कंगनाले थप्पड खाँदा मनमनै प्रफुल्लित छन् । संगीतकार विशाल अडनानीले त खुलेरै खुशी प्रकट गरे । उनले महिला प्रहरीलाई जागिरको अफरसमेत गरेका छन् ।

यति नै बेला कंगनाका केही तस्विर सामाजिक सञ्जालमा भाइरल गराइएको छ । यी तस्विरमा कंगना एक पुरुषसँग चिप्किएकी छन् । पुरुषको अंगालोमा बेरिएर गालामा म्वाईसमेत खाएका तस्विरहरु हाल्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले नानाथरि कमेन्ट गरिरहेका छन् ।

यी पुरुष कंगनाका व्वाइफ्रेन्ड भने होइनन् । उनी हुन् कंगनाका म्यानेजर रिजवान सिद्दिकी । साथै भाइरल भएका तस्विर पनि ताजा होइनन् । २-३ वर्ष अगाडिका तस्विरहरु अहिले उत्खनन गरिएको हो ।

कंगना एक कट्टर हिन्दूवादी र मुस्लिमविरोधी नेतृ हुन् । जबकि उनका म्यानेजर रिजवान मुस्लिम हुन् । अरु बेला मुस्लिमको विरोध गरेर नथाक्ने कंगनाले एक मुस्लिमलाई चाटेको भन्दै उनको ट्रोल भइरहेको छ । राहुल गान्धीको प्यारोडी एकाउन्टमा लेखिएको छ, ‘जब मुल्ले चाटे जायंगे, अन्धभक्त जिजा जिला चिल्लाएंगे ।’

सन् २०२१ मा नै सामाजिक सञ्जालमा यी तस्विरहरु सार्वजनिक भएका थिए । नानाथरि कमेन्ट आएपछि रिजवानले स्टेटमेन्ट निकाल्दै सबैलाई मुद्दा हाल्ने चेतावनी दिएका थिए । त्यसपछि तस्विर शेयर हुन रोकिएको थियो, तर अहिले कंगनाले थप्पड खाएको मौकामा फेरि ती तस्विरहरु भाइरल भएका छन् ।


प्रतिक्रिया

2 thoughts on “भर्खरै महिला प्रहरीको थप्पड खाएकी कंगनाले पुरुष म्यानेजरलाई चुप्पा खाएको फोटो भाइरल

  1. “कंगना एक कट्टर हिन्दूबादी र मूस्लिम बिरोधी नेत्री हुन्” भनेर ट्याग भिडाइहाल्ने यो हिन्दू बिरोधी पत्रकारले त्यस्तो प्रमान पनि पेश गरेर यो समाचार लेखेको भए अझ राम्रो हुन्थ्यो । कुरो !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर