लुम्बिनीका मुख्यमन्त्रीको प्रेस सल्लाहकारमा कमल नियुक्त
नेपाल प्रेस
२०८१ जेठ २८ गते १०:४९
रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले रुपन्देहीका पत्रकार कमल रायमाझीलाई प्रेस सल्लाहकारमा नियुक्त गरेका छन् । भैरहवामा रहेर रासस, समता टेलिभिजन, लुम्बिनी खबर पत्रिकामा कार्यरत रहेका रायमाझीलाई महराले प्रेस सल्लाहकार बनाएका हुन् ।
प्रेस सेन्टरका नेता रहेका रायमाझीलाई सो जिम्मेवारी दिन नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालले केही समयअघि मुख्यमन्त्री महरालाई सिफारिस गरेका थिए । रायमाझीले आफूले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा जिम्मेवारी पाएसँगै पत्रकारहरूका लागि सूचनामा सहजीकरण गर्ने प्रतिवद्धता जनाएका छन् ।
प्रतिक्रिया