कोशी प्रदेश विकास परिषद् गठन, यी १५ जनालाई गरियो मनोनीत – Nepal Press

कोशी प्रदेश विकास परिषद् गठन, यी १५ जनालाई गरियो मनोनीत

विराटनगर । कोशी प्रदेश सरकारले प्रदेश विकास परिषद्‍मा उद्योगी, व्यवसायी र विभिन्न पेसाकर्मीसमेत १५ जनालाई मनोनीत गरेको छ ।

सरकारले प्रदेश योजना आयोग (गठन तथा कार्य सञ्चालन) आदेश, २०७५ को दफा ७ को उपदफा २ (५) बमोजिम प्रदेश विकास परिषद् गठन गरेको हो ।

मनोनीत गरिएका झापा गौरादहका जितबहादुर कार्की, विराटनगरका उद्योगी महेशकुमार जाजु, नवीन रिजाल, झापा दमककी राधिका ओझा, झापा हल्दीबारीका भवानीप्रसाद दंगाललाई प्रदेश विकास परिषद्को सदस्यमा मनोनीत गरेको हो । यस्तै विराटनगरकी प्रतिभा रिजाल, विराटनगरकै उद्योगी प्रकाश मुन्दडा, संखुवासभाकी बबिता कटुवाल, काठमाडौंका सुयस प्याकुरेल मनोनीत भएका छन् ।
यस्तै उदयपुर त्रियुगाका रमेशचन्द्र रोका, बुढीगंगा मोरङकी रिता न्यौपाने, सुनसरीका भीमप्रसाद घिमिरे, विराटनगरकै राधा अधिकारी, सर्लाहीका एकचन्द्र बराल र विराटनगरकै टीकाराम पुरी मनोनीत भएका छन् ।

परिषद्को अध्यक्ष मुख्यमन्त्री, प्रदेश सरकारका मन्त्रीहरू र मन्त्रीको कार्यभार सम्हाल्ने राज्य मन्त्रीहरू, प्रदेश सभामा प्रतिनिधित्व गर्ने संसदीय दलका नेता, प्रदेश सभाका समितिका सभापतिहरू, आयोगका उपाध्यक्ष तथा सदस्यहरू, प्रमुख सचिव, प्रदेश सरकार मुख्य न्यायाधिवक्ता, प्रदेश सरकारका सचिवहरू, जिल्ला समन्वय समिति र स्थानीय तहका प्रमुखहरू सदस्य रहने व्यवस्था छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर