त्रिभुवन विमानस्थलभित्र दमकल र एम्बुलेन्स, यस्ताे देखियाे उद्धारको रिहर्सल ! (तस्बिरहरू / भिडिओ) – Nepal Press

त्रिभुवन विमानस्थलभित्र दमकल र एम्बुलेन्स, यस्ताे देखियाे उद्धारको रिहर्सल ! (तस्बिरहरू / भिडिओ)

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान दुर्घटना उद्धारको ड्रिल (पूर्वअभ्यास) गरिएको छ । सोक्रममा खप्तड एयरको विमान ‘क्रयास’ को रिहर्सल गराइएको थियो । दिउँसो आधा घण्टा विमानस्थल बन्द गराएर विमानस्थल संकटकालीन योजनाको अभ्यास गरिएको हो ।

विमान दुर्घटना हुँदा, विमानमा आगो लाग्दा के कसरी प्रतिकार्य गर्ने, घाइतेको उद्धारलगायतको विषयमा अभ्यास गरिएको हो । धावनमार्गमा अवतरणको क्रममा विमान दुर्घटना हुँदा गरिने उद्धार अभ्यासमा प्रहरी, सेना, दमकल, एम्बुलेन्स, कर्मचारी र एटीसीलगायतका संलग्न गराइएको थियो ।

विमानस्थलका अधिकारीका अनुसार जहाज दुर्घटनाको काल्पनिक घटना बनाएर प्रतिकार्य अभ्यास गरिएको हो ।

विमानस्थल संकटकालीन योजनाको अभ्यास गरिनुपर्ने अन्तर्राष्ट्रिय नागरिक उड्ड्यन संगठनको मापदण्ड र एयरपोर्ट इमरजेन्सी प्लानअनुसार बेलाबेला यस्तो कार्य गरिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *