जसपा नेपालको महाधिवेशनस्थल जनकपुर पुगेका कार्यकर्ता गर्मीले असिनपसिन (तस्विरहरु) – Nepal Press

जसपा नेपालको महाधिवेशनस्थल जनकपुर पुगेका कार्यकर्ता गर्मीले असिनपसिन (तस्विरहरु)

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालको महाधिवेशन जनकपुरधामको तिरहुतिया गाछीमा सुरु हुँदैछ । महाधिवेशन उद्घाटन गर्न बनाइएको विशाल पण्डाल नेता कार्यकर्ताले भरिभराउ छ ।

महाधिवेशन उद्घाटनस्थलमा पार्टी अध्यक्ष उपेन्द्र यादव पुगिसकेका छन् । उनले पार्टीको चुनाव चिन्ह छाता देखाएर अभिवादन गरेका छन् ।

मधेशी जनअधिकार फोरम नेपाल हुँदै जसपा नेपालसम्म आइपुग्दा १८ वर्षमा उक्त पार्टीले पहिलो पटक एकताको राष्ट्रिय महाधिवेशन गर्न लागेको छ । करिब १ हजार ३०० प्रतिनिधि सहभागी हुने महाधिवेशन तीन दिन चल्नेछ ।

पार्टी विभाजन भएको महिना नबित्दै हुन लागेको महाधिवेशन उद्घाटन सत्रमा जसपा नेपालले देशभरबाट २० हजार बढी कार्यकर्ता उतारेको छ । उसले पार्टी विभाजनको असर नपरेको देखाउन खोजेको छ ।

प्रचण्ड गर्मीबीच ठूलो संख्यामा उद्घाटनस्थलमा नेता कार्यकर्ताहरु उपस्थित छन्, तर उनीहरुलाई गर्मीले हैरानीमा पारेको छ । पण्डालभित्र ठाउँ ठाउँमा पंखा लगाइएको छ, तर पनि कार्यकर्ताहरुले गर्मी छल्न पाएका छैनन् । अधिकांश असिनपसिन भएका छन् ।

‘गर्मीले पण्डालमा बस्नै नसक्ने अवस्था छ’, एक कार्यकर्ताले भने, ‘मान्छेको बढी उपस्थितिले पण्डालभित्र गर्मी खप्नै मुश्किल भयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर