फ्लोर क्रसको चर्चापछि माओवादी संसदीय दलका नेताले भने- संसदभित्र नेसपा छैन – Nepal Press

फ्लोर क्रसको चर्चापछि माओवादी संसदीय दलका नेताले भने- संसदभित्र नेसपा छैन

पोखरा । नेकपा माओवादी केन्द्र गण्डकीका संसदीय दलका नेताले हरिबहादुर चुमानले संसदभित्र नेपाल समाजवादी पार्टी (नेसपा) नरहेको बताएका छन् ।

माओवादीको चुनाव चिह्न लिएर चुनाव जितेको नेपाल समाजवादी पार्टी (नेसपा) का सांसद फणीन्द्र देवकोटाले फ्लोर क्रस गर्ने चर्चापछि माओवादी नेता चुमानले देवकोटा माओवादी संसदीय दलकै सदस्य
रहेको बताएका हुन् ।

‘नेसपा बाहिर छ । हाम्रो घेराभन्दा छ । संसदभित्र त्यो पार्टी छैन । म एकजना त्यसको सदस्य हुँ भनेर एकजना माननीय ज्यू भन्नुहुन्छ तर उहाँ गण्डकी प्रदेश नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश सभा संसदीय दलको सदस्य हुनुहुन्छ’, उनले भने ।

उनले माओवादी संसदीय दलले विश्वासको मत दिन नसकिने र यो निर्णय सबैमा लागू हुने उल्लेख गरे । ‘हाम्रो संसदीय दलका सबै सदस्यलाई लागु हुन्छ । व्याख्या गरिराख्न परेन । विश्वासको मत दिन नसकिने जानकारी गराउन चाहन्छौं’, उनले भने ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर