गण्डकीमा सुरेन्द्र पाण्डेलाई बहुमत पुग्यो, देवकोटा र मनाङेले हाले विश्वासको मत – Nepal Press

गण्डकीमा सुरेन्द्र पाण्डेलाई बहुमत पुग्यो, देवकोटा र मनाङेले हाले विश्वासको मत

कास्की । गण्डकी प्रदेशमा सुरेन्द्र पाण्डे नेतृत्वको सरकार जोगिने भएको छ । अहिले भइरहेको मतदानमा राप्रपासहित फणिन्द्र देवकोटा र दीपक मनाङेले पनि पाण्डेलाई विश्वासको मत दिएका छन् ।

गण्डकीमा कांग्रेसको २७ सांसद छन् । उसलाई बहुमत पुर्याउन थप ४ जना सांसद आवश्यक थियो । राप्रपाले आज सदनमै विश्वासको मत दिने घोषणा गर्यो । यस्तै, नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटा र स्वतन्त्र मनाङेले पनि पक्षमा मतदान गरे । यससँगै ३१ जनाको बहुमत पुगेको छ ।

पक्षमा नेपाली कांग्रेसका २७, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) २, राजीव गुरुङ (दीपक मनाङे) र माओवादीको चुनाव चिह्न लिएर चुनाव जितेको नेपाल समाजवादी पार्टी (नेसपा) का सांसद फणीन्द्र देवकोटाले मतदान गरे ।

प्रदेश सभामा माओवादी संसदीय दलमा रहेका देवकोटाले माओवादीको ह्विप विपरीत फ्लोर क्रस’ गर्दै मुख्यमन्त्रीलाई विश्वासको मत दिए ।

प्रस्तावको विपक्षीमा नेकपा एमाले २२ र माओवादीका ६ सांसदले हस्ताक्षर गरेका हुन् ।

नेपाली काँग्रेस गण्डकीका संसदीय दलका नेता पाण्डे संविधानको धारा १६८ को उपधारा ३ अनुसार जेठ १६ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।

यद्यपि, मतदान सच्याउन सभामुखले समय दिनेछन् । त्यसपछि मत घोषणा हुनेछ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर