गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत (भिडिओ) – Nepal Press

गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत (भिडिओ)

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन् । प्रदेश सभामा मुख्यमन्त्री पाण्डेले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमा ३१ सांसदले पक्षमा मतदान गरे ।

पक्षमा नेपाली कांग्रेसका २७, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) २, राजीव गुरुङ (दीपक मनाङे) र माओवादीको चुनाव चिह्न लिएर चुनाव जितेको नेपाल समाजवादी पार्टी (नेसपा) का सांसद फणीन्द्र देवकोटाले मतदान गरे ।

प्रदेश सभामा माओवादी संसदीय दलमा रहेका देवकोटाले माओवादीको ह्विप विपरीत फ्लोर क्रस’ गर्दै मुख्यमन्त्रीलाई विश्वासको मत दिए । प्रस्तावको विपक्षीमा नेकपा एमाले २२ र माओवादीका ६ सांसदले हस्ताक्षर गरेका हुन् ।

नेपाली काँग्रेस गण्डकीका संसदीय दलका नेता पाण्डे संविधानको धारा १६८ को उपधारा ३ अनुसार जेठ १६ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।

 


प्रतिक्रिया

One thought on “गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत (भिडिओ)

  1. सकिने बेलाको राप्रपा पनि कहिले सरकार त कहिले विपक्ष हुँदो रहेछ । राजा राजा पनि भन्ने र भेटाउँदा खाई पनि हाल्जे रहेछ । दही चिउरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर