फ्लोर क्रस गर्ने देवकोटालाई मन्त्री उपहार, मनाङेको छैटौं पटक कमब्याक
पोखरा । गण्डकी प्रदेशमा फ्लोर क्रस गरेर मुख्यमन्त्रीलाई विश्वासको मत दिने फणीन्द्र देवकोटा र राजीव गुरुङ (दीपक मनाङे) मन्त्री भन्ने भएका छन् । सोमबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका देवकोटा र मनाङे मन्त्री बन्न लागेका हुन् ।
देवकोटालाई ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय र मनाङेलाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको जाम्मेवारी दिन लागिएको मुख्यमन्त्री स्रोतले जनाएको छ । मनाङे छैटौं पटक मन्त्री बन्दैछन । केहीबेरमा शपथको तयारी छ ।
बाबुरामको पार्टी नेसपाका गोरखाका देवकोटाले माओवादीको चुनाव चिन्हबाट प्रदेश सांसद जितेका थिए । माओवादीले विश्वासको मत नदिन गरेको ह्वीपविपरीत उनी मुख्यमन्त्री पाण्डेको पक्षमा उभिएका थिए । फणीन्द्रमाथि हिजैदेखि कारबाही प्रक्रिया थालिएको माओवादीले बताएको छ ।
सरकारले आज आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ ।