पाटनमा बागमतीस्तरीय ‘श्रमाधान मेला’- आज र भोलि ६ वटा प्यानलमा छलफल हुने – Nepal Press

पाटनमा बागमतीस्तरीय ‘श्रमाधान मेला’- आज र भोलि ६ वटा प्यानलमा छलफल हुने

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आजबाट बागमती प्रदेशको ललितपुरमा ‘श्रमाधान रोजगार मेला’ सुरू भएको छ । मेला भोलिसम्म चल्नेछ । भोलिसम्म सञ्चालन हुने उक्त मेलाको उद्घाटन शिक्षामन्त्री सुमना श्रेष्ठले गरेकी छन् ।

मेलाले श्रमको खोजीमा रहेका युवाका लागि मेला कोशेढुंगा सावित हुने आयोजकले बताएको छ । स्वदेशमा नै रोजगारी गर्न चाहने युवालाई आर्थिक र सामाजिकरूपमा स्थापित गराउन मेलाले महत्वपूर्ण भूमिका खेल्ने बताइएको छ ।

ललितपुरस्थित पाटन बहुमुखी क्याम्पसमा आज बिहान ११ बजेबाट मेला सुरू भएको हो । मेलामा ८० वटा निजी तथा सरकारी क्षेत्रका स्टल रहेका छन् । दुई दिन गरी ६ वटा प्यानलमा विभिन्न विषयगत छलफल हुनेछ ।

सीपको अभाव श्रमाधान संवादमा वक्ताहरू शम्भु कोइराला, सुविता कपाली, नेहा जोशी रहेका छन । भने सहजकर्ता मोहन ओझा रहेका छन् । साढे ४ बाट ६ बजेसम्म चल्नेछ । यो संवाद आज हुने छ । बालश्रमको अवस्था र विकल्पहरूको श्रमाधान संवादमा वक्ताहरू आयुष जोशी, नारायण भट्टराई र प्रज्ञाल लम्साल रहेका छन् । भने सहजकर्ता सुगरिका केही छिन् । संवाद २:४५ बाट ४:१५ सम्म आज चल्नेछ ।

मिडियामा श्रमका मुद्दा संवादमा तारानाथ दाहाल, गुणराज लुइँटेल, मञ्जु गुरुङ र शर्मिला ठकुरी वक्ताहरू रहेका छन् । भने, सन्तोष सिग्देल सहजकर्ता रहेका छन् । संवाद १ बजेदेखि साढे २ बजेसम्म आज चल्नेछ ।

गीग अर्थतन्त्रका चुनौती र सम्भावना श्रमाधान संवादमा वक्ताहरू मनोहरकुमार भट्टराई, डा. शम्भु पोखरेल, अमित अग्रवाल र सोनिका मानन्धर छन् । भने, सहजकर्ता किरण तिम्सिना रहेका छ । यो संवाद जेठ ३० गते २ बजेदेखि साढे ३ बजेसम्म चल्नेछ ।

नेपालमा उद्यमशीलतामा युवा र महिला श्रमाधान संवादमा वक्ताहरु मनोज भट्ट मनोहर अधिकारी, सहारा जोशी र मनोज पौडेल छन । भने, सहजकर्ता कमल सुवेदी रहेका छन् । यो संवाद जेठ ३० गते १२ बजेबाट साढे १ बजेसम्म चल्नेछ ।

श्रमाधान संवादमा भवानी राणा, दीपकराज जोसी, वसन्ती प्रधान र कृष्ण ज्ञवाली रहेका छ । सहजकर्ता डा. भनश्याम ओझा रहेका छन् । यो संवाद भोलि १० बजेदखि साढे ११ बजेसम्म चल्ने बताइएको छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *