जीवन संघर्ष कि आनन्द ?- २ – Nepal Press

जीवन संघर्ष कि आनन्द ?- २

प्रस्तुत आलेखको अघिल्लो भागमा जीवन दुःख वा संघर्षका लागि नभएर आनन्द प्राप्तिका लागि नै हो भन्ने कुरा स्थापित गरिसकिएको छ । मानव जीवनको नैसर्गिक आनन्द प्राप्त गर्न धर्म एक सोपानका रूपमा रहने र प्राप्त आनन्दलाई उचित तरिकाले विनियोजन गर्ने र जीवनलाई पूर्णकालीन आनन्दित बनाएर लैजानमा मद्दत गर्ने कुरा पनि उल्लेख गरिसकिएको छ । अब उक्त आनन्द प्राप्त गर्न मानव जीवनले गर्नुपरेको सङ्घर्ष र भोग्नुपरेको पीडाका बारेमा केही उल्लेख गरेर त्यसका केही उपायहरूका बारेमा पनि व्याख्या गर्ने कोसिस गरिनेछ ।

संसारमा आत्मादेखि अतिरिक्त सबै कुरा मिथ्या छन्, आत्मा नै सत्य छ । प्रत्येक सजीव प्राणीमा आत्माको अस्तित्व रहने भएकाले सबैको जीवनको मुख्य उद्देश्य मूलभूत रूपले प्राप्त ‘स्व’ अर्थात् आत्माको प्राप्तितर्फ नै हो । यो आत्मा सत् स्वरूपले रहेकाले यसलाई सत्य, आत्मा वा स्व तथा आनन्द स्वरूप पनि भएकाले आनन्दका आदिका नामले पनि परिभाषित गर्दै गइनेछ ।

आत्मा सत्य छ । सत्य आनन्दमा नै प्रतिष्ठित छ । त्यसको प्राप्ति आफैंले आफैंलाई प्राप्त गरेपछिको अवस्थामा नै हुन्छ र यो स्वभाव मानव जीवनमा नैसर्गिक रूपले नै प्राप्त छ । हरेक दुःखपछिको अवस्थामा व्यक्तिले आनन्दको चाहना गर्छ । यही चाहनाको प्रबल कामनाले नै आनन्द भन्ने पनि कतै स्थित छ भन्ने कुराको सिद्धि गरेको हुन्छ ।

आनन्द प्राप्त गर्न सत्यको स्वीकारोक्ति आवश्यक हुन्छ । सत्यको स्वीकारोक्ति नै आनन्द प्राप्तितर्फको पहिलो खुड्किलो हो । यही स्वीकारोक्तिले नै जीवनलाई परमानन्दतर्फको यात्रामा सहज गराउने हुन्छ, तर तपाईं जीवनमा जति जति सत्यको नजिक हुँदै जानुहुन्छ, उति उति सत्य तपाईंबाट टाढा हुँदै गएको महसुस गर्न पुग्नु हुन्छ । आनन्दकै खोजीमा लागेको मान्छे महासगरमा पखेटा हालेर उड्दा तथा महासागरमा पौडी खेल्दासमेत आफूलाई परमानन्दको सन्तुष्टिको शिखरमा पुर्‍याउन अझै पनि सकेको छैन । त्यो किन भन्ने प्रश्नको एकमात्रै उत्तर हो- आनन्दको मुहान व्यक्तिभित्रै हुन्छ । आफैंभित्र स्थित आनन्दको पहिचान हुन नसक्दा व्यक्ति बाहिरी दुनियाँमा जति नै उन्नतिशील भए पनि मूलभूत शान्तिबाट अझै पनि टाढा नै छ ।

आजको मान्छे न सत्यसँग परिचित छ न त परम सत्यसँग नै परिचित छ । सत्य र परम सत्य दुवैसँग परिचय टुटेका कारणले आजको मानिस भौतिक हिसाबले उन्नति गर्दै गए पनि आध्यात्मिक हिसाबले अझ बढी जीर्ण र निरीह बन्दै गएको छ ।

फेरि मानव इन्द्रीयको स्वभाव नै यस्तो छ कि सत्यको वा आनन्दको झल्का पाउनासाथ इन्द्रीयहरूले आफ्नो अस्तित्व गुमाउन पुग्छन् । जस्तो: तपाईं एकदमै थकित हुनुहुन्छ भने तपाईंको शरीरले अलिकति मात्रै पनि आरामको महसुस गर्नासाथ तपाईं निदाउन थाल्नुहुन्छ । अलिपछिको समयमा गाढा निद्रा अर्थात् सुषुप्तिको महासागरमा पौडी खेल्न पुग्नुहुन्छ । यसैले पनि आनन्द भन्ने कुरा व्यक्तिभित्रै रहेको तथा उक्त आनन्द भने व्यक्तिको इन्द्रीयभन्दा बाहिरको कुरा हो ।

आनन्दको यो उत्कट चाहनाले तपाईंको जीवनलाई अझ ऊर्जाशील त बनाउँछ, तर सत्यको प्राप्ति अर्थात् आनन्दको स्थायी प्राप्ति भने यथावत् रूपले दूर नै रहन्छ । आखिर सत्य अर्थात् आनन्दको प्राप्तिमा यी सब सङ्घर्षहरू जीवनमा किन आइरहेका छन् त रु आउनुहोस्, एकछिन विचार गरौं ।

आत्मा सत्य भएकाले स्वप्रकाशले युक्त पनि छ । त्यस्तै गरेर परमात्मा परम सत्य छ । आजको मान्छे न सत्यसँग परिचित छ न त परम सत्यसँग नै परिचित छ । सत्य र परम सत्य दुवैसँग परिचय टुटेका कारणले आजको मानिस भौतिक हिसाबले उन्नति गर्दै गए पनि आध्यात्मिक हिसाबले अझ बढी जीर्ण र निरीह बन्दै गएको छ । स्वप्रकाशित सत्यसँग परिचित हुन नसक्नु नै आजको मानिसको दुःखको मुख्य कारण बनेको छ । भौतिक विज्ञानको चरम उन्नतिले पनि आजको मानिसलाई ऊभित्रको स्वप्रकाशसँग परिचित गराउन सकेको छैन ।

यसो हुनुको मुख्य कारण चाहिँ मान्छेको दुई थरीको व्यक्तित्व नै हो । एक- बाहिरी व्यक्तित्व तथा अर्को- आन्तरिक व्यक्तित्व । बाहिरी व्यक्तित्वले जति नै व्यक्तिलाई सुसज्जित तथा भरपूर बनाए पनि जबसम्म आन्तरिक व्यक्तित्व पूर्ण नहुँदा जीवन पूर्ण बन्न सक्तैन र जीवन आनन्दित पनि रहन सक्तैन । जीवनमा पूर्णता तबमात्रै हासिल हुन्छ, जब सत्यलाई हामीले आन्तरिक र बाहिरी दुवै व्यक्तित्वमा एकनासले स्थापित गर्ने गर्छौं । कुनै एकमात्र व्यक्तित्वले जीवन पूर्णताको यात्रामा अघि बढ्ने सक्तैन ।

बाहिरी व्यक्तित्व हेरेर आन्तरिक व्यक्तित्वको मूल्यांकन गर्ने हाम्रो परम्परा नै हाम्रा लागि घातक बन्दै गएको छ । हेर्दा आकर्षक देखिने व्यक्तिहरू पनि आन्तरिक रूपले खराब र हेर्दा अनाकर्षक देखिने व्यक्तिहरू पनि आन्तरिक रूपले सरल र सहृदयी हुन सक्छन् ।

आन्तरिक व्यक्तित्व र बाहिरी व्यक्तित्वमा एकनास हुनु नै सत्य प्राप्तिको प्रारम्भिक चरण हो । बाहिरी व्यक्तित्व हेरेर आन्तरिक व्यक्तित्वको मूल्यांकन गर्ने हाम्रो परम्परा नै हाम्रा लागि घातक बन्दै गएको छ । हेर्दा आकर्षक देखिने व्यक्तिहरू पनि आन्तरिक रूपले खराब र हेर्दा अनाकर्षक देखिने व्यक्तिहरू पनि आन्तरिक रूपले सरल र सहृदयी हुन सक्छन् । जति जति मानव सभ्यता र संस्कृतिको विकास हुँदै गयो, उति उति मानिस पनि असत्यतर्फ अझ बढी अग्रसर रहन पुग्यो ।

सत्य प्राप्तिको प्रथम चरण आफूलाई आन्तरिक रूपले शुद्ध गर्नु हो । सत्य नै जीवनको परम स्वतन्त्रता हो । सत्यलाई नबुझेसम्म जीवन स्वतन्त्र र निर्भिक हुन सक्दैन । समाजमा पनि सत्यवादीहरू निर्भिक भएको तथा सत्य कुरा बोल्दा व्यक्तिमा आत्मविश्वास ज्यादा हुने गरेको कुरा त लगभग सबैले अनुभव गरेकै कुरा हो । किनकि सत्य सरल छ । सत्य ओठबाट विनाकुनै तानाबाना सजिलोसँग निस्कन्छ । त्यही ओठबाट निकै तानाबाना बुनेर वडो कठिन भएर मुख बिगारी बिगारी असत्यको प्रवाह हुन्छ । असत्यको प्रभाव पनि दुःखद नै हुन्छ । असत्य नै दुःख छ । असत्य नै आनन्दको बाधक पनि छ ।

जहाँ सत्य छ, त्यहाँ शान्ति हुन्छ । सत्य रहने स्थानमा अशान्ति तथा संघर्षको कुनै स्थान हुँदैन । हामी सिद्धान्त, वाद तथा विविध किसिमका सम्प्रदायमा विभक्त छौं । सत्यको प्राप्तिमा यिनै सिद्धान्त, वाद तथा सम्प्रदाय नै बाधक बनेर उपस्थित रहने हुन्छन् । यिनै बाधकका कारणले नै हाम्रो जीवन सत्यभन्दा असत्यतर्फ बढी झुकाव राख्ने गर्छ । महाकवि लक्ष्मीप्रसाद देवकोटा भन्नुहुन्छ- ‘म सत्यका निम्ति कति कम दान गर्न सक्तछु– सत्तरी रुपैयाँको जागीर जाला भन्नेमा सत्तरी हजार नसा काँप्तछन् १ समाजको अन्धता खप्नुभन्दा सत्यको घाँटी रेट्न मलाई सजिलो लाग्छ र म मेरो आत्मासँग झूटो बोल्छु र दुनियाँसँग सच्चाइको सच्चरित्रताको दावा राख्छु ।’ -लक्ष्मी निबन्ध संग्रह , ‘वीरहरू’ निबन्ध ।

जबसम्म हामी असत्यको भारी बोकेर हिँड्छौं, तबसम्म सत्य हामीबाट त्यति नै टाढा टाढा हुने गर्छ । हाम्रा इन्द्रीयहरू नै हामीलाई सत्यबाट सदैव विमुख गराउन लागिपरेका छन्, जस्तो धमिलो पानीमा माझीले माछा मार्छ, त्यस्तै छन् हाम्रा इन्द्रीयहरू पनि । असत्यको सोपान चढेर सत्यको खोजीमा लागिपरेका हाम्रा इन्द्रीयहरू, हाम्रा वादहरू र सम्प्रदायहरू नै सत्य प्राप्तिका सबैभन्दा ठूला बाधक हुन् ।

जहाँ सत्य छ, त्यहाँ शान्ति हुन्छ । सत्य रहने स्थानमा अशान्ति तथा संघर्षको कुनै स्थान हुँदैन । हामी सिद्धान्त, वाद तथा विविध किसिमका सम्प्रदायमा विभक्त छौं । सत्यको प्राप्तिमा यिनै सिद्धान्त, वाद तथा सम्प्रदाय नै बाधक बनेर उपस्थित रहने हुन्छन् । यिनै बाधकका कारणले नै हाम्रो जीवन सत्यभन्दा असत्यतर्फ बढी झुकाव राख्ने गर्छ ।

मान्छेको सारा जीवन नै असत्यको धारमा रहेको हुन्छ । सत्य प्राप्त गर्न जीवन तथा व्यक्तित्वबाट नै असत्यलाई उखेलेर फाल्न सक्नुपर्छ । मान्छे अलिक रहस्यमय खालको प्राणी पनि छ । सत्यलाई ऊ सदैव लुकाउन चाहन्छ र असत्यलाई सदैव प्रदर्शन गर्ने ध्याउन्नमा रहन्छ । आन्तरिक रूपले हामी जस्तो छौं, त्यो रुप अरू कसैले नदेखोस् भनेर हामी सदैव सचेत रहन्छौं । अनि असत्यको खोल ओढेर हामी नै सत्यको खोजमा निस्किन्छौं । सारा समस्या यहीनेर छ ।

असत्यबाट प्राप्त संघर्षयुक्त जीवनबाट वाक्कदिक्क भएर नै मान्छे सत्यको खोजीमा अग्रसर हुन्छ । यही सत्य अर्थात् आनन्दको खोजीले नै व्यक्तिलाई मन्दिर/मस्जिद/गीर्जाघरसम्म पुर्‍याउने गर्छ, तर समस्याले त्यहाँ पनि साथ छाँड्दैन । असत्यको खोल ओढेरै सर्वत्र धाउने भएकाले मान्छेले पूर्ण शान्ति र आनन्दको महसुस गर्न सकेको छैन । अर्थात् सत्य पाउन सकेको छैन । सत्य अर्थात् आनन्दको एक झलकका लागि मान्छेले के मात्रै गरेको छैन रु कसैसँग शत्रुता साँधेको छ । कसैसँग मित्रता बढाएको छ । जेजे प्रयत्न गरे पनि आफूलाई प्राप्त गर्न नसक्दा आजको मानिस दुःखी छ । विक्षिप्त छ । आफैंसँग हार खाएको छ र जीवनदेखि पलायनको मार्गमा छ, तर जीवनबाट पलायनको मार्गमा जाँदा पनि मान्छेको जीवनले शान्ति पाएको छैन ।

यी सबै कुरालाई विचार गर्दा यस्तो पनि लाग्ने गर्छ- मान्छेको जीवन दुःखैदुःखले भरिएको छ र जीवनभर संघर्षमात्रै छ, तर जीवनमा संघर्ष हुनु र जीवनमा हार खाएर पलायनको मार्गमा जानुको मुख्य कारण नै मान्छेले सत्यको विन्दूसम्म पुग्ने बाटोको पहिचान गर्न नसक्नु नै हो । फेरि सत्य पनि यस्तो छ कि यो कसैले बनाएर बन्न सक्ने चिज पनि होइन । सत्यलाई निर्माण गर्न सक्ने आजसम्म संसारमा कोही पनि निस्केको छैन । सत्य स्वयं निर्मित छ । सत्य नै सनातन छ । सत्य नै स्वतन्त्र पनि छ ।

जीवनमा सत्य अर्थात् आनन्द प्राप्त गर्ने प्रमुख शर्त हो- आफैंप्रति सत्यपूर्ण व्यवहार । सत्यलाई जबसम्म प्राप्त गर्न सकिँदैन, तबसम्म जीवन पनि स्वतन्त्र रहन सक्तैन । यदि तपाईंले जीवनमा सत्यलाई पाउन सक्नु भएन भने तपाईंको जीवनमा सदैव दुःख, संघर्ष र पीडाको कहानीमात्रै बन्ने छ र त्यहीबाट सुरु हुन्छ- साथी रहेछ दुःख, हरपल सवार हुन्छ, सुख त पाहुना रहेछन्, छुट्नै हतार हुन्छ ।

सत्यलाई प्राप्त गर्न नसक्दा जीवन अर्थहीन हुन जान्छ । यो अर्थहीनता नै जीवनमा सर्वाधिक घातक हुन्छ । नैसर्गिक हिसाबले नै मानव मनले सत्यलाई खोज्ने हुँदा जीवनलाई सही दिशा दिन सक्नुपर्छ । सत्यको खोजमा आएका संघर्षहरू पार गरेर जानु छ ।

सत्यलाई प्राप्त गर्न नसक्दा जीवन अर्थहीन हुन जान्छ । यो अर्थहीनता नै जीवनमा सर्वाधिक घातक हुन्छ । नैसर्गिक हिसाबले नै मानव मनले सत्यलाई खोज्ने हुँदा जीवनलाई सही दिशा दिन सक्नुपर्छ । सत्यको खोजमा आएका संघर्षहरू पार गरेर जानु छ । आफूसँग भएको मिथ्याको विम्बलाई ढलाएर सत्यसँग साक्षात्कार गर्नु नै जीवनको मुख्य लक्ष्य हो ।

मानवद्वारा निर्मित जति पनि कुराहरू छन्, ती सबै मिथ्या हुन् । यसकारण पनि ती सबै मिथ्या हुन् कि ती सबै मानव निर्मित हुन् । मातापिताबाट प्राप्त शरीर पनि मिथ्या हो । उक्त शरीर मानव संयोगद्वारा निर्मित छ, तर त्यस शरीरको बाहकको रूपमा रहेको आत्मा भने स्वतः अस्तित्वमा हुने भएको र कसैबाट निर्मित नभएकाले सत्य छ । सत्यको निर्माण गर्न सकिन्छ भन्ने मानव मनको भ्रमले नै सबै कुरामा हामीलाई अल्झाउने गरेको छ ।

मानव मनको यही वैचारिक भ्रमले गर्दा संसारमा सारा नियम बने, ग्रन्थहरू बने तथा अनेक किसिमका वादहरूको स्थापना भएको छ । सत्यको दावा राख्ने विविध सम्प्रदाय आपसमा सदैव लडिरहने गरेको कुरा सबैलाई ज्ञात भएकै कुरा हो, तर सत्य कहाँ छ रु यही लडाइँको परिणामस्वरूप आजको मानिसमा सत्यको खोजको मूल प्रवृत्ति नै लुप्त हुन गएको छ । आजको मान्छे अनेक वाद र सिद्धान्तले गर्दा सत्यको मार्गमा पहिल्याउन सकेको छैन र सदैव दिग्भ्रमित अवस्थामा जिउन विवश छ ।

जब तपाईंको मनमा सत्यको खोजको यात्रा सुरु गर्नुहुन्छ, तब तपाईं कुनै न कुनै सिद्धान्त बोकेर फर्कनु हुन्छ । विविध किसिमका ग्रन्थ तथा वादमा तपाईंको जीवनको प्रवेश भएको हुन्छ । त्यस्तै गरेर सत्यकै खोजमा तपाईं कसैलाई गुरु मानेर तथा आफू चेला भएर फर्कनुहुन्छ । र, आफूले आफैंलाई यस्तो ठान्न थाल्नुहुन्छ कि मैले सत्यको खोजी गरें । सत्यको प्राप्ति गरें, तर ती सबै तपाईंका भ्रममात्रै हुन् । उपयुक्त अवस्थामा तपाईंको जीवनले सत्यको साक्षात्कार नै गरेको हुँदैन । यसको कारण यो पनि हो कि सत्य स्वयं प्रकाशित भएकाले त्यो तपाईंलाई कसैले दिएर दिइने वा देखाएर देखाइने चिज होइन । सत्यको साक्षात्कार व्यक्तिको नैसर्गिक आन्तरिक कार्य हो । जबसम्म अरुको अनुभूतिमा रहनुहुन्छ, तबसम्म अन्य व्यक्तिले गरेको सत्यको साक्षात्कार पनि तपाईंका लागि मिथ्या नै हुन जान्छ । यसैले पनि सत्य आफैंले अनुभूत गर्ने चीज हो ।

जब तपाईं व्यक्ति तथा समाजद्वारा निर्मित कुनै पनि सिद्धान्तलाई मनन नगरी स्वीकार गर्नु हुन्छ, तब तपाईं जीवनभर भ्रममा रहनु हुनेछ । सत्य त्यही हो, जुन तपाईं स्वयंले जान्नुभएको छ, महसुस गर्नुभएको छ र त्यसको प्रयोग तपाईंको जीवनमा सहज हिसाबले उत्रिएको छ । सत्य सरल छ । सत्य सहज छ । यस्तो सत्य तपाईंको मुखबाट, व्यवहारबाट र हृदयबाट एकैनासको प्रवाहले सर्वत्र प्रकाशित हुने गर्छ ।

सत्य त्यही हो, जुन तपाईं स्वयंले जान्नुभएको छ, महसुस गर्नुभएको छ र त्यसको प्रयोग तपाईंको जीवनमा सहज हिसाबले उत्रिएको छ । सत्य सरल छ । सत्य सहज छ । यस्तो सत्य तपाईंको मुखबाट, व्यवहारबाट र हृदयबाट एकैनासको प्रवाहले सर्वत्र प्रकाशित हुने गर्छ ।

समस्या के छ भने आत्मा त अमर छ भन्ने स्वीकार गर्दागर्दै पनि जीवन त क्षणिक छ । यस्तो अवस्थामा सत्य रूपले प्रतिष्ठित आत्माको बोध गर्नु छ । अनि आनन्दपूर्वक रहनु पनि छ र त्यसलाई कायम पनि राखिरहनु सजिलो कार्य त पक्कै छैन । क्षणिक जीवनमा मृत्युको भय सदैव रहन्छ । मृत्युको भयले नै आत्मा अर्थात् सत्यको अमरताको स्वीकार मान्छेले गरेको हुन्छ । आत्माको अमरताको स्वीकार गर्दैमा कसैले त्यो सत्यको अनुभव गरेको हुँदैन । मृत्युको भयलाई लुकाउन आत्माको अमरतालाई व्यक्तिले स्वीकार गरेको हुन्छ ।

यसो गर्नाले व्यक्तिको जीवनमा मृत्युको भय केही कम हुने हुन्छ । जति जति व्यक्ति मृत्युसँग डराउने गर्छ, उति नै उसले आत्माको अमरतामाथि विश्वास गर्ने हुन्छ । जति जति डर रहन्छ, व्यक्ति उति उति नै धार्मिक बन्दै जाने हुन्छ । असत्यबाट व्यक्ति घेरिएर रहन्छ अनि असत्यकै मार्गबाट धर्मलाई गुहार दिन्छ कि जीवनमा शान्ति अनि सत्यको अनुभव होस् भनेर । गल्ती मान्छे गर्छ अनि दोष धर्मलाई दिने गर्छ । यिनै विविध मानवीय व्यवहारले गर्दा मानव जीवनमा संघर्ष बढ्दो छ र आनन्द घट्दो छ ।

सत्य (आनन्द)लाई प्राप्त गर्न जीवनका यस्ता विविध बाधक तत्त्वहरूलाई जान्ने, बुझ्ने कोसिस गरिनुपर्छ । जसले जीवनको तथ्यलाई जानेको छैन, उसले जीवनमा सत्यको प्राप्ति गर्न सक्दैन र जीवनमा सदैव दुःखी नै रहने हुन्छ । तीतामीठा जे जस्ता भए पनि जीवनका झूटका आयामहरूलाई स्वीकार गर्नुपर्छ र त्यसलाई हटाउने कोसिस गर्नुपर्छ । एकोहोरो कल्पनाको हवाईजहाज चढेर सत्यको शिखरसम्म पुग्न सम्भव छैन । सपना, कल्पना आदिले मात्रै हामीलाई कतै पुर्‍याउन सक्तैन, तर लक्ष्यसम्म पुग्नमा बाधा भने अवश्य गर्ने हुन्छ ।

मान्छेको जीवनमा सत्यको प्राप्तिमा बाधक बनेर रहेको मुख्य चिज भनेको मिथ्याको हतियार र मोहको जालो नै हो । मान्छेले आफ्नो वरपर यस्तो खालको मोहको जालो बुनेको हुन्छ कि उसकै जालोले उसलाई सत्यको पथमा सदैव बाधा गरिरहने हुन्छ । यस्तो मोहको जाल तोड्न मानव मन हत्तपत्त तयार हुँदैन । उसका लागि त्यही मोह नै सपना छ, त्यसैलाई नै उसले सत्य मानेको छ । अनेक गरेर बुनेको सपना कसले पो सहजै तोडेर अघि बढ्न पनि मुस्किल नै छ । यस्तो मोहको जालले व्यक्तिलाई यस्तो अन्धकारमा धकेलिदिन्छ कि व्यक्ति स्वयंले म को हुँ, कहाँबाट आएको हुँ, कता जानुपर्नेछ र वर्तमानमा मेरो कर्तव्य के हो भन्ने कुरालाई बेवास्ता गरिदिन्छ र जीवन सदैव बेचैनी र संघर्षमा बित्ने हुन्छ । आनन्द उसका लागि अझै निकै दूर, कता कता क्षितिजमै सीमित बन्न पुग्ने हुन्छ ।
क्रमशः….

[email protected]


प्रतिक्रिया

One thought on “जीवन संघर्ष कि आनन्द ?- २

  1. क्रमशः बाटै अझै परिसकृत रुपमा आगामी लेख आउने अपेक्षा राख्दछौँ, धन्यवाद।

Leave a Reply

Your email address will not be published. Required fields are marked *