वर्षा रोकियो, मैदान निरीक्षण हुँदै
काठमाडौं । अमेरिका र वेस्ट इन्डिजमा जारी आइसिसी टी-२० विश्वकप अन्तर्गत नेपाल र श्रीलङ्काबीचको खेल हुने मैदानमा वर्षा रोकिएको छ ।
अमेरिकाको फ्लोरिडा फर्ट लडरहिलस्थित सेन्ट्रल ब्रोवार्ड क्रिकेट स्टेडियममा अहिले वर्षा रोकिएको हाे।
सवा ५ बजेबाट खेल सुरु हुनुपर्नेमा वर्षाका कारण हालसम्म टससमेत हुन सकेको थिएन । अहिले वर्षा रोकिएसँगै मैदानमा निरिक्षणकाे तयारी छ । फेरि वर्षा नभएमा ओभर छोट्याएर खेल हुनेछ ।
मौसम भविष्यवाणी अनुसार फेरि वर्षाको सम्भावना यथावत् छ । खेल हुनका लागि कट अफ टाइम नेपाली समयअनुसार बिहान ८ः२६ रहेको छ । त्यतिन्जेलमा खेल सुरू हुन नसकेमा खेल रद्द हुनेछ र दुवै टीमले अंक बाँड्नेछन् ।