बीमा प्राधिकरणले भन्यो- कर्मचारी पदपूर्तिको विषयमा भ्रम छरियो – Nepal Press

बीमा प्राधिकरणले भन्यो- कर्मचारी पदपूर्तिको विषयमा भ्रम छरियो

काठमाडौं । नेपाल बीमा प्राधिकरणले कर्मचारी पदपूर्तिको विषयलाई लिएर गलत प्रचार गरिएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।

प्राधिकरण र प्राधिकरणका कर्मचारीहरूको मान, प्रतिष्ठा र चरित्र हत्या गर्ने गरी केही मिडियाले आधारहीन तथा कपोलकल्पित समाचार लेखेको प्रवक्ता सुशीलदेव सुवेदीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

बढुवाद्वारा विधिसम्मत् ढंगले पदपूर्ति गरिने विषय कानूनद्वारा स्वीकृत प्रक्रिया अवलम्बन गरी लोकसेवा आयोगसहितको सहभागितामा पदपूर्ति समितिद्वारा सम्पादन हुने विषय रहेकोतर्फ थोरै पनि ज्ञान नराखी एकतर्फीरूपमा प्रचार गरिएको प्राधिकरणको जिकिर छ ।

रिक्त पदहरूमा पदपूर्तिको प्रक्रिया प्रारम्भ नै भइनसकेको अवस्थामा पत्रकारिताको मर्यादाविपरीत समाचार प्रकाशन गरिएको विज्ञप्तिमा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर