तेस्रो लेयरका नेतालाई पार्किङ गर्ने ठाउँ बन्यो प्रदेश : गृहमन्त्री लामिछाने (भिडिओ) – Nepal Press

तेस्रो लेयरका नेतालाई पार्किङ गर्ने ठाउँ बन्यो प्रदेश : गृहमन्त्री लामिछाने (भिडिओ)

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रदेश संरचनालाई सही बाटोबाट अघि बढाउन आवश्यक रहेको बताएका छन् ।

बुधबार नेपाल समाजवादी पार्टीको स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले प्रदेश तेस्रो तहका नेताहरुलाई राख्ने स्थल बनेको बताए ।

उनले व्यवस्थाले परिकल्पना गरेको संघीयताको मर्मलाई अँगाल्न नसकेको बताउनु भयो । उहाँले तेस्रो तहका नेताहरुलाई राख्ने ठाउँ प्रदेश बनेको बताए । अहिले भएको प्रदेशले संविधान र संघीयतालाई बोक्न नसकेको बताए ।

‘प्रदेश संरचनालाई लिएर हामीले राखेका केही प्रश्नहरुलाई लिएर धेरै जिज्ञासाहरु छन् । प्रदेश जुन ढंगको बनेको छ, के संविधानले परिकल्पना गरेको प्रदेश अहिले जे देखिएको छ, त्यही प्रदेश हो । के त्यसले संविधानले परिकल्पना गरेको, व्यवस्थाले परिकल्पना गरेको संघीयताको मर्मलाई बोकेको छ की बद्नाम गराउने काम गरेको छ’, उनले भने, ‘त्यसलाई रिट्रोफिड गरौँ है, त्यसलाई ठिक गरौँ, त्यो बेढंगको छ, हामीले ढंगको बनाउनुपर्छ भनेको हो । त्यो दोस्रो तेस्रो लेयरका राजनीतिक दलका नेताहरुलाई पार्किङ गर्ने, पार्किङ स्थल भएको छ । तेस्रो तहका नेताहरु कता जाने भन्दा प्रदेशमा ।’

गृहमन्त्री लामिछानेले सबैलाई जोगाउँदा, देश, व्यवस्था र संविधान नजोगिने अवस्थामा पुगेको बताए । उनले मिलेर जाउँ भन्ने चकरमा आफू ३ महिना नलागेको भए गत निर्वाचनमा २० सिट बढी जित्ने दाबी गरे ।


प्रतिक्रिया

One thought on “तेस्रो लेयरका नेतालाई पार्किङ गर्ने ठाउँ बन्यो प्रदेश : गृहमन्त्री लामिछाने (भिडिओ)

  1. रबि लामिछानेलाई असल देख्नेहरू कि भ्रममा बाँचिरहेका छन् नभए उनीहरूको मगजले ठीक काम गरिरहेको छैन्। नेपालमा बहर [बालेन+हर्क+रबि]हरूको पछि लागेर अघि बढियो भने कुनैपनि बेला दुर्घटना माअवश्य परिन्छ। तर भूतपूर्व नेपालीहरूले सामाजिक सञ्जालहरूमार्फत नेपालीहरूको मनोविज्ञान भ्रमित बनाउँदैछन् जसले गर्दा बहरहरू बम्किदैछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर