हिमालयन लाइफ इन्स्योरेन्स संस्थापक र कर्मचारीको सेयर साउनबाट कारोबार योग्य हुने – Nepal Press

हिमालयन लाइफ इन्स्योरेन्स संस्थापक र कर्मचारीको सेयर साउनबाट कारोबार योग्य हुने

काठमाडौं । हिमालयन लाइफ इन्स्याेरेन्सको ‘लक इन’ अवधि असार ३१ गते सकिने भएको छ ।

‘लक इन’ अवधि सकिएपछि संस्थापक सेयरधनी तथा कर्मचारीले राखेको सेयर साउन १ गतेबाट कारोबारका लागि योग्य हुनेछ । कम्पनीको आइपीओ बाँडफाँड भएको ३ वर्ष पुगेको हुनाले ‘लक इन’ अवधि समाप्त हुन लागेको हो ।

कम्पनीको (साबिक युनियन लाइफ इन्सुरेन्स) को २०७८ साल साउन १ गते सेयर बाँडफाँट भएको थियो । हाल कम्पनीको १ करोड ५० लाख ५० हजार कित्ता संस्थापक सेयर र ३ लाख २२ हजार ५ सय कित्ता कर्मचारीहरुको सेयर ‘लक इन’ रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *