पीएस गुरुङको प्रश्न- सेना जस्तो संवेनदशील संस्थालाई ठेक्कापट्टा व्यापारमा लगाउनु कति ठीक हो ? (भिडियो)
काठमाडौं । नेकपा एमालेका उपमहासचिव तथा गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाली सेना जस्तो संवेदनशील संस्थालाई व्यापार र ठेक्का पट्टामा लगाउनु भविष्यका लागि संकट बन्न सक्ने सुझाव दिएका छन् ।
प्रतिनिधि सभामा बजेटमाथि छलफलमा भाग लिने क्रममा सांसद गुरुङले सेनालाई अझ व्यवसायिक, आधुनिक र सक्षम बनाउन सरकारले लगानी गर्नुपर्ने भन्दै व्यापार र ठेक्का पट्टामा लगाउने कार्य गलत भएको बताए ।
गुरुङले भने– एउटा संवेदनशील संस्था छ नेपाली सेना । त्यसलाई हामी ब्यापार गर्न दिन्छौं, त्यसलाई ठेक्का प्टटा गर्न दिन्छौं । सुरक्षा संवेदनशीलताको हिसाबले यो कति जायज हो । आज यो कुरामा कसैले मुख खोल्न डराउँछ,राजनीतिक दल र नेताहरुले मुख खोल्न नसक्लान तर जरुरी छ । त्यो महत्वाकांक्षी भयो भने भोलि लोकतन्त्रमाथि,गणतन्त्रमाथि संकट पैदा हुनसक्छ भन्ने हामीले बिगतमा पनि देखेका भोगेका छौं । अहिले उसले गरेका काम्रा राम्रा होलान् । नेपाली सेना इन्टिग्रिटी भएको संस्था भन्छौं तर ख्याल गरौं ।
गुरुङले नेपाली सेनाको सशक्तिकरण र राष्ट्रिय सुरक्षाको नीति बनाउनुपर्ने बताए । उनले राष्ट्रिय सुरक्षाको प्रमुख अंग सेना भए पनि सशस्त्र प्रहरी,नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागसहितको सुरक्षा नीति बनाउनुपर्ने बताए ।
राम्रो होइन