जसपा नेपालको महाधिवेशन स्थल प्रचार सामग्रीले रंगिए, हटाउन निर्वाचन समितिको निर्देशन – Nepal Press

जसपा नेपालको महाधिवेशन स्थल प्रचार सामग्रीले रंगिए, हटाउन निर्वाचन समितिको निर्देशन

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालको महाधिवेशन स्थल उम्मेदवारको प्रचार सामग्रीले रंगिएको छ ।

जनकपुरधामस्थित महेन्द्र नारायण निधि संस्कृति भवनमा महाधिवेशन अन्तर्गत आज नेतृत्व चयन प्रक्रिया जारी छ । मनोनयन दर्ता भइसकेको छ । तर निर्वाचन समितिले उम्मेदवारको सूची प्रकाशन गरिएको छैन ।

सूची सार्वजनिक नहुँदै उम्मेदवारहरु प्रचार–प्रसारमा लागिसकेका छन् । उनीहरु ठूला ठूला तुल ब्यानर महाधिवेशन स्थलमा राखेका छन् । उम्मेदवारहरु प्रचार सामग्रीलाई प्राथमिकता दिँदै भोट माग्न व्यस्त देखिन्छन् ।

निर्वाचन समितिले भने महाधिवेशन स्थलमा लगाएको प्रचार सामग्री हटाउन निर्देशन दिएको छ । समितिले सूचना जारी गर्दै भनेको छ, ‘निर्वाचन आचारसंहिता अनुसार महेन्द्र नारायण निधि भवन परिसरभित्र कुनै पनि किसिमको प्रचार प्रसार नगर्नू÷नगराउन अनुरोध छ ।’

महेन्द्र नारायण निधि भवन परिसरभित्र प्रचार प्रसार गरिएको पाइएमा आचारसंहिता अनुसार कारबाही गरिने निर्वाचन समितिको चेतावनी छ । तर पनि उम्मेदवारहरु प्रचार सामग्री हटाउन मानेका छैनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर