ठूलो गेमको लागि ठूलो टिभी स्क्रिन, फुटबल सिजनमा सामसुङ टिभी विशेष अफर – Nepal Press

ठूलो गेमको लागि ठूलो टिभी स्क्रिन, फुटबल सिजनमा सामसुङ टिभी विशेष अफर

काठमाडौं । टिभी प्रविधिको क्षेत्रमा विश्वव्यापी रूपमा १८ वर्ष देखि निरन्तर अग्रणी रहेको ब्रान्ड सामसुङले आगामी फुटबल सिजनको लागि नेपाली बजारमा विशेष अफर ल्याएको छ ।

फुटबल फ्यानहरूको लागि सामसुङले नवीनतम टिभीहरूमा ३८% सम्मको छुट प्रदान गर्दै छ साथै यस अफरमा चयन गरिएका ठुलो टिभी मोडलहरू खरिद गर्दा ग्राहकहरूले निःशुल्क साउन्डबार प्राप्त गर्न सक्ने योजना छ र अन्य टिभीसँगै खरिद गरिएका चुनिँदा साउन्डबारहरूमा ५०% सम्म क्यासब्याकको अफर पनि उपलब्ध छ। क्रिस्टल–क्लियर पिक्चर गुणस्तर र इमर्सिभ साउन्ड सुनिश्चित गर्दै, सामसुङले आफ्ना ग्राहकहरूका लागि अविस्मरणीय फुटबल सिजनको प्रतिज्ञा गरेको छ ।

यो अफर सामसुङ इन्स्टा फाइनान्सको साथ पनि प्राप्त गर्न सकिन्छ, जसले ग्राहकहरूलाई १८ महिना अवधिको लागि ०% ब्याज ईएमआईमा सामसङका नवीनतम टिभीहरू खरिद गर्न सक्नेछन । यस विशेष सेवाको लाभ लिन ग्राहकहरुलाई मात्र आफ्नो नागरिकता पेश गरी ईएमआई पाइने सुविधा पनि उपलब्ध गराइएको छ ।

ग्राहकहरूको लागि आफ्नो पुरानो इलेक्ट्रोनिक्स उपकरण तथा टिभीहरूलाई  arkostore.com मार्फत नयाँ सामसङ टिभीसँग साट्न, एक्सचेन्ज सेवा पनि उपलब्ध गराइएको छ । निःशुल्क इन्सटलेसन् सेवा र खरिद गरिएको टिभीमा ३ वर्षको पूर्ण वारेन्टी जस्ता सुविधाहरूले सामसङका ग्राहकहरूलाई झन्झट रहित उत्कृष्ट टिभी किन्ने अवसर प्रदान गरेको छ ।

विस्तृत जानकारीको लागि र यी विशेष अफरहरूको फाइदा लिनको लागि, आज नै नजिकको आधिकारिक सामसङ डिलरमा जानकारी लिन सकिन्छ । यो अफर आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स प्रा.लि र नेपालभर सामसुङ टिभीहरूको लागि आधिकारिक पुनबिक्रेता त्रिवेणी व्यापारद्वारा देशभरका डिलर नेटवर्क मार्फत उपलब्ध गरिएको हो । यो योजना असार ३१, २०८१ सम्म लागू रहने छ ।

सामसुङ इलेक्ट्रोनिक्स क. लि.को बारेमा

सामसुङले परिवर्तनकारी सोचहरु र प्रविधिहरुका साथ भविष्यलाई आकार दिन्छ अनि विश्वलाई प्रेरित गर्दछ । कम्पनीले टिभी, स्मार्टफोन, पहिरनयोग्य डिभाइस, ट्याब्लेट, डिजिटल उपकरण, नेटवर्क प्रणाली र मेमोरी, सिस्टम एलएसआइ, फाउण्ड्री र एलइडिको संसारलाई पुनःपरिभाषित गर्दैछ ।

सामसुङको सम्बन्धमा नयाँ नयाँ जानकारीहरु ग्राहकहरुले  http://news.samsung.com/in. को सामसुङ समाचार कक्षबाट प्राप्त गर्न सक्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *