जसपा नेपालको अध्यक्षमा उपेन्द्र निर्विरोध घोषणा, अन्य पदमा को को भिड्दैछन् ? (सूची) – Nepal Press

जसपा नेपालको अध्यक्षमा उपेन्द्र निर्विरोध घोषणा, अन्य पदमा को को भिड्दैछन् ? (सूची)

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालको एकता महाधिवेशनअन्तर्गत आज भएको उम्मेदवारी दर्ताको सूची सार्वजनिक गरिएको छ ।

महाधिवेशनअन्तर्गतको निर्वाचन समितिले अध्यक्षमा उपेन्द्र यादवको एकल उम्मेदवारी परेकाले निर्विरोध निर्वाचित भएको घोषणा गरेको छ । सहअध्यक्ष एकजनामा लालबाबु राउत, रकम चेम्जोङ र राजकिशोर यादवले उम्मेदवारी दिएका छन् ।

यस्तै ५ उपाध्यक्षका लागि १७ पुरुष र ६ महिला गरी २३ जनाको उम्मेदवारी परेको छ । पुरुषतर्फ मृगेन्द्रकुमार सिंह यादव, हरिनारायण यादव, आङ देन्डी शेर्पा, विद्युत बज्राचार्य, अर्जुन थापा, गोविन्द चौधरी, शिवलाल थापा मगर, सरोजकुमार यादव, मोहमद खालिद, प्रकाश अधिकारी, बच्चा राउत अहिर, सुरेन्द्रप्रसाद कुर्मी, रामबचन अहिर यादव, मानध्वज बलोन, अमरेशनारायण झा, राजन केसी र सुमनकुमार चौधरी उम्मेदवार छन् ।

यस्तै महिलातर्फ रेखा यादव, लीलादेवी सिटौला, शोभा देवी, सुनी लामा, सविता यादव र राधा थापाको उम्मेदवारी परेको छ ।

महासचिव दुई जनाका लागि बोमबहादुर दरलामी मगर (आदिवासी), रामकुमार शर्मा, विजय कुमार, दीपक कार्की, मनिषकुमार सुमन र अशोक कुमार यादवको उम्मेदवारी परेको छ ।

सहमहासचिवमा खुलातर्फ डा. सुरेन्द्रकुमार यादव, रामबाबु प्रसाद यादव, रामकिशोर प्रसाद यादव, राजकुमार राई, योगेन्द्र राई यादव, शैलेन्द्रप्रसाद साह, सुरेशकुमार मण्डल, डा. जय प्रकाश राई यादव र जयराम यादव तथा महिलातर्फ सीताकुमारी यादव, विनिताकुमारी यादव र निर्मला यादव उम्मेदवार छन् ।

कोषाध्यक्षमा रेणुकुमारी यादव, बलराम महतो र सञ्जयकुमार यादवको उम्मेदवारी परेको छ । यस्तै सचिवमा ३४ जनाले उम्मेदवारी दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर