बजेट पूवाग्रहीपूर्ण रहेको पुष्टि हुँदै गएको छ : पूर्वअर्थमन्त्री महत (भिडिओ)
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले बजेट पूवाग्रहीपूर्ण रहेको आफ्नो भनाइ पुष्टि हुँदै गएको बताएका छन् ।
बुधबार संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै महतले बजेटको विनियोजित शीर्षकमाथिको छलफल हुँदै गर्दा बिभिन्न मन्त्रालयमाथि पूवाग्रहीपूर्ण तवरले बजेट बिनियोजन गरिएको पुष्टि भएको बताएका हुन् । उनले पहुँचका भरमा कनिका छरेजस्तो बजेट बिनियोजन भएको र अहिलेजस्तो गलत ठाउँमा बजेट दिने काम यसअघि कहिल्यै नदेखिएको धारणा राखे । त्यस्तै, आफ्ना अनुकुल भएको व्यक्तिको संघसंस्थालाई पनि अव्यवहारिक रुपमा बजेट बितरण गरिएको आरोप लगाए ।
उनले बजेटले निराशा दिने काम बाहेक कीिह दिन नसकेको जिकिर गरे ।