कर्तव्य ज्यान मुद्दामा असल चालनचलनमा छुटेका दुई कैदी २३ वर्षपछि पुनः पक्राउ – Nepal Press

कर्तव्य ज्यान मुद्दामा असल चालनचलनमा छुटेका दुई कैदी २३ वर्षपछि पुनः पक्राउ

काठमाडौं । कारागार व्यवस्थापन विभागको सिफारिस अनुसार असल चालचलन भएको भन्दै प्रजातन्त्र दिवस दिनमा २०५६ फागुन ७ मा कारागारबाट छुटेका दुई जना फेरि पक्राउ परेका छन् ।

असल चालचलन भन्दै प्रजातन्त्र दिवसको दिन छुटेका उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले २३ वर्षपछि उनीहरुलाई फेरि पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दोलखाको मेलुङ गाउँपालिका–१ घर भएका ७२ वर्षीय केदार भनिने दुर्गबहादुर दमाई र सोही ठाउँका ५३ वर्षीय साधुराम भनिने खड्गबहादुर दमाई रहेका कार्यालयका प्रवक्तासमेत रहेका प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसीले जानकारी दिए । उनका अनुसार कर्तव्य ज्यानको मुद्दामा कैद भुक्तानका लागि उनीहरुलाई काठमाडौं जिल्ला अदालत पेश गरिएको छ ।

दोखलामा व्यक्ति हत्या गरेको आरोपमा २०५३ माघ २५ गते उनीहरुविरुद्ध जिल्ला अदालत दोलखाले सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको थियो ।

कैदी माफी मिनाहाबाट उनीहरु छुटेपटि पीडित पक्षले पुनरावेदन हुँदै सर्वोच्च अदालतसम्म गुहारेका थिए । सर्वोच्च अदालतले २०५८ मंसिर ७ मा कैदी माफी मिनाहा उल्टाउँदै जिल्लाकै फैसला सदर गरेको थियो । त्यसयता फरार रहेका उनीहरुलाई प्रहरीले २३ वर्षपछि काठमाडौंबाट पक्राउ गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *