जसपा नेपालको नेतृत्व चयन गर्न भोलि १२ बजेदेखि मतदान – Nepal Press

जसपा नेपालको नेतृत्व चयन गर्न भोलि १२ बजेदेखि मतदान

जनकपुरधाम । जसपा नेपालको एकता महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्न भोली (बिहबार) मध्यान्ह १२ बजेदेखि मतदान हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

२०१ केन्द्रीय सदस्य र अध्यक्ष, सह-अध्यक्ष, महासचिव, सह-महासचिव, कोषाध्यक्ष, सचिव र सहसचिव गरी २० पदाधिकारीका लागि आज मनोनयन दर्ता भएकेको छ ।

अध्यक्षमा उपेन्द्र यादवको एकल उम्मेदवारी परेकाले निर्विरोध निर्वाचित घोषित भइसकेका छन् ।

पदाधिकारी र केन्द्रीय सदस्यमा धेरै उम्मेदवारी परेकाले सूची सार्वजनिक गर्न निर्वाचन समितिलाई सात घण्टा लाग्यो । उम्मेदवारीमा दावी विरोध र दावी विरोध उपर निर्णयको समय पनि सकेको छ ।

समितिले सार्वजनिक गरेको निर्वाचन तालिका अनुसार विहिवार मध्यान्ह १२ बजेदेखि ३ बजेसम्म मतदान हुनेछ ।

त्यसअघि विहान ८ बजेदेखि ९:३० बजेसम्म मनोनयन पत्र फिर्ता लिने र ९:४५ बजे उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर