राष्ट्रपति पौडेलसँगको तस्बिर सार्वजनिक गर्दै स्वीस राष्ट्रपतिले भनिन्- चाखलाग्दो कुरा भयो
काठमाडौं । स्विट्जरल्यान्ड भ्रमण गर्न पुगेका राष्ट्रपति रामचन्द्र पौडेलले समकक्षीसँग भेट गरेका छन । समकक्षी भिओला अमहर्डसँग पौडेलले भेटेको तस्बिर उनले सार्वजनिक गरेकी छिन ।
उनले तस्बिर सार्वजनिक गर्दै लेखेकी छिन, ‘नेपाल र स्विट्जरल्याण्डको सन १९५० को दशकबाट कूटनीतिक सम्बन्ध हुँदै आएको छ । बर्नमा आजको राष्ट्रपतिको भ्रमण र कुराकानी चाखलाग्दो भयो ।’
यहि असार १ र २ गते युक्रेन शान्ति सम्मेलन तयारी गर्दै गरेको स्विट्जरल्याण्डमा पौडेल पुगेका छन् ।
Nepal 🇳🇵 und die Schweiz 🇨🇭 pflegen seit den 1950er Jahren diplomatische Beziehungen Ich habe mich sehr über den heutigen Besuch von Präsident Ramchandra Paudel und die interessante Diskussion in Bern gefreut. pic.twitter.com/i91ZhjZMlI
— Viola Amherd (@Violapamherd) June 12, 2024