नदीमा पानीको बहाव बढेपछि अरुणको फेरी बन्द – Nepal Press

नदीमा पानीको बहाव बढेपछि अरुणको फेरी बन्द

टक्सार (भोजपुर) । भोजपुरको उत्तरी क्षेत्र र संखुवासभा जोड्ने अरुण नदीको सतीघाटमा सञ्चालित फेरी बन्द गरिएको छ । मनसुनसँगै अरुण नदीमा पानीको बहाव बढेकाले फेरी सञ्चालन बन्द गरिएको हो ।

भोजपुरको उत्तरी क्षेत्रलाई तराईसँग सीधा जोड्ने षडानन्द नगरपालिका-६ र खाँदबारी नगरपालिका-९ सतीघाटमा पुल नबन्दा अरुण नदीमा फेरी राखिएको छ । षडानन्द नगरपालिकाले सूचना जारी गर्दै अर्को सूचना जारी नहुञ्जेलसम्म फेरी सञ्चालन नहुने जनाएको छ ।

अरुण नदीमा पक्की पुल नहुँदा भोजपुरको उत्तरी क्षेत्रका लागि सवारीसाधन, दैनिक उपभोग्य वस्तु तथा यात्रु तार्ने एकमात्र माध्यम फेरी बनेको छ । फेरीले एकैपटकमा चार वटासम्म साना सवारीसाधन तार्ने गरेको छ ।

अरुणमा सञ्चालनमा रहेको फेरीले आवतजावतमा सुविधा हुँदै आएको बताउँदै षडानन्दका मेयर सुरेन्द्रकुमार उदासले वर्षात्‌मा खोलामा पानीको बहाव बढेकाले फेरी बन्द गर्न लागिएको बताए । फेरीबाट दैनिक एक सय बढी साना ठूला सवारीसाधन तार्ने गरिएको थियो ।

-रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *