जसपा नेपालको नेतृत्व सहमतिमै टुङ्गिने, सबैले त्यागे उम्मेदवारी – Nepal Press

जसपा नेपालको नेतृत्व सहमतिमै टुङ्गिने, सबैले त्यागे उम्मेदवारी

जनकपुरधाम । जसपा नेपालको एकता महाधिवेशनबाट नेतृत्व सहमतिमै टुङ्ग्याउने निर्विरोध निर्वाचित अध्यक्ष उपेन्द्र यादवले घोषणा गरेका छन् ।

महाधिवेशन प्रतिनिधिहरूलाई भेला गरी सम्बोधन गर्दै पदाधिकारी र केन्द्रीय सदस्य सहमतिमै चयन गर्ने घोषणा गरेका हुन् । उनले चुनावमा गए सक्षम, समावेशी र क्रियाशील टिम नबन्ने भन्दै अब गर्ने प्रश्न गरेका थिए । अध्यक्षले प्रश्न गर्दा सबैले ‘चुनाव गराउनुपर्छ’ भन्दै उठेका थिए ।

त्यसपछि अध्यक्ष यादवले सहमति गर्नुको विकल्प नरहेको बताए । उनले अब सहमतिमै टिम बनाउनुपर्छ भन्दै त्यसका लागि अनुमति मागे । प्रतिनिधिहरू ताली पिटेर अनुमति दिएपछि अध्यक्ष यादवले धन्यवाद ज्ञापन गरे ।

अध्यक्ष यादवको आग्रहमा सबै उम्मेदवारले उम्मेदवारी त्यागेको घोषणा गरेका छन् । एक नेताका अनुसार अब उम्मेदवारी परेको पदबाट अन्य पदमा पनि नेतालाई व्यवस्थापन गर्न सकिने भएको छ ।

महाधिवेशन केन्द्रीय निर्वाचन समितिका अनुसार २०१ केन्द्रीय सदस्य र २० पदाधिकारीका लागि ३७२ उम्मेदवारी परेको थियो ।

अध्यक्ष यादवले चुनाव गराएमा एउटै भूगोल र समुदायका नेताहरू चयन हुने बताएका थिए ।

उनले भने, ‘सबैलाई समेट्न हामीलाई चुनौती छ । हाम्रो हिमाल, पहाड र तराई/मधेशका सबैको छ । त्यसैले जनजाति र खस(आर्यलाई पनि समेटेर टिम बनाउँनुछ ।’ु


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर