विद्युतीय चुरोट (भेप) उत्पादन गर्ने प्रतिष्ठानको नवीकरण तथा अनुमति शुल्क २ लाख निर्धारण – Nepal Press

विद्युतीय चुरोट (भेप) उत्पादन गर्ने प्रतिष्ठानको नवीकरण तथा अनुमति शुल्क २ लाख निर्धारण

काठमाडौ । सरकारले मदिरा तथा इथोनल उत्पादनतर्फ एउटा क्याटोगोरी थप्दै करको दायरामा ल्याएको छ । अब देखि विद्युतीय चुरोट (भेपं) उत्पादन गर्ने कम्पनीले पनि अनुमतिपत्र वा नवीकरण दस्तुर शिर्षकमा २ लाख रुपैयाँ शुल्क सरकारलाई बुझाउनुपर्ने भएको छ ।

यसअघि स्प्रिड उत्पादन गर्ने प्रतिष्ठान, वियर उत्पादन गर्ने प्रतिष्ठान, इथानेल उत्पादन गर्ने प्रतिष्ठान, वाइन ब्राण्डीमात्र बनाउँने कम्पनी, अन्य मदिरा उत्पादनका लागि र चुरोट उत्पादनका लागि फरक फरक दस्तुर तोकिएको थियो भने त्यसपछि एउटा बुँदा थप गर्दै विद्युतीय चुरोट, (भेप) को इजाजत दस्तुृर तथा नविकरण शुल्क २ लाख निर्धारण गरिएको हो ।

यसअघि विद्युतीय चुरोट (भेप) भन्ने शब्द नै राखिएको थिएन । अन्तशुल्क नियमावली संसोधन गर्दै भेपलाई शुल्क निर्धारण गरिएको हो । यस्तै, पैठारी तथा वस्तु खरिद बिक्रितर्फ भेपलाई ५० हजार तोकिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *