रुसको रोक्का रकमको व्याज युक्रेनलाई युद्ध लड्न दिने जि ७ देशहरुको निर्णय
काठमाडौँ । रुसले युक्रेनलाई हमला गरेपछिको प्रतिक्रियामा अमेरिका नेतृत्वका पश्चिमा देशहरुले रोक्का गरेको रुसी रकमबाट आउने व्याजलाई युक्रेनलाई ऋण दिने जि ७ देशहरुले सहमति गरेका छन् ।
बीबीसीका अनुसार रुसी रोक्का रकमको ५० अर्ब डलर युक्रेनलाई ऋणमा दिइने भएको छ । यस्तो ऋणले युक्रेनको युद्ध तथा अर्थतन्त्रको दीर्घकालिन सहयोगमा टेवा पुग्ने जि ७ देशहरुले बताएका छन् ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यो निर्णयलाई ‘ऐतिहासिक’ संज्ञा दिएका छन् । बीबीसीका अनुसार रुसको ३२५ अर्ब डलर रोक्का भएको छ ।
त्यसबाट बार्षिक ३ अर्ब डलर व्याज आउँछ । त्यहि ब्याजको रकम युक्रेनलाई दिइने ५० अर्ब डलरको बार्षिक व्याज तिर्न प्रयोग हुने भएको हो । यसबारेमा अमेरिकी राष्ट्रपति जो बाइडनले भनो छन्, ‘५० अर्ब डलर युक्रेनको लागि काम लाग्नेछ । साथै यसले रुसलाई हामी पछि नहट्ने सन्देश पनि दिनेछ ।’
अमेरिका, बेलायत, फ्रान्स, इटाली, जर्मनी, क्यानडा र जापान मिलेर बनेको जि ७ विश्वका विकसित अर्थतन्त्रहरुको अमेरिका पक्षधर समुह हो । पहिले जि ८ भएकोमा रुसलाई निष्कासन गरेपछि जि ७ भएको हो ।