कांग्रेस सांसद बजगाईँको प्रस्ताव- नयाँ संसद भवनभित्र मदिरा पिउने बार बनाऔँ (भिडिओ) – Nepal Press

कांग्रेस सांसद बजगाईँको प्रस्ताव- नयाँ संसद भवनभित्र मदिरा पिउने बार बनाऔँ (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँले बन्दै गरेको संसद भवनमा मदिरा पिउने बार बनाउनुपर्ने प्रस्ताव राखेका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै विदेशी पाहुनाहरू आउँदाखेरि सोसेलाइजेन गर्न बार निर्माण गर्नुपर्ने बताए।

उनले भने, ‘म सन् २००६ मा अमेरिकामा कंग्रेसम्यानको अफिस गएको थिएँ। कंग्रेस र सिनेटको अफिस घुम्ने अवसर पाएको थिएँ। सिनेटमा आतिथ्यता गर्न जाने पाहुना पर्यटकहरूका लागि बार बनाइदिँदो रहेछ, आफ्नो बारमा सोसलाइजेसन गर्दा रहेछन् । त्यहाँ ड्रिंक्स गर्न पाइन्छ । अधिकांश माननीय मदिरा पिउनु हुन्न, लण्डन स्कुल अफ इकोनमिक्सको क्यान्टिनमा पनि बार रहेछ। त्यसको लिमिटेशन हुन्छ। त्यसपछि मैले अहिले बन्दै गरेको संसद भवनभित्र विदेशी पाहुनाहरू आउँदाखेरि सोसलाइजेन गर्ने बार निर्माण गर्ने हो कि ? मैले यसमा ध्यानाकृष्ट गराउन चाहे।’

संसद भवनभित्र बार निर्माण गर्दा पर्यटकीय हिसाबले महत्त्वपूर्ण हुने उनको विश्वास छ।


प्रतिक्रिया

One thought on “कांग्रेस सांसद बजगाईँको प्रस्ताव- नयाँ संसद भवनभित्र मदिरा पिउने बार बनाऔँ (भिडिओ)

  1. रक्सी मात्र किन अरू पनि मागन । कस्तो दरिद्र रहेछ ।यस्तो पनि साँसद ?

Leave a Reply to ksp pyl Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर