माओवादीबाट रामेछापको मेयरका उम्मेदवार नरेशबाबु श्रेष्ठ एमालेमा प्रवेश – Nepal Press

माओवादीबाट रामेछापको मेयरका उम्मेदवार नरेशबाबु श्रेष्ठ एमालेमा प्रवेश

रामेछाप । नेकपा माओवादी केन्द्रका रामेछाप नगर कमिटी उपाध्यक्ष तथा मेयरका उम्मेदवार नरेशबाबु श्रेष्ठ नेकपा एमालेमा प्रवेश गरेका छन् । शुक्रवार रामेछाप नगर अधिवेशनको अवसरमा श्रेष्ठ एमाले प्रवेश गरेका हुन् ।

यसअघि उनले केन्द्रीय संगठन विभागका प्रमुख काशीनाथ अधिकारी र सचिव माधव ढुंगेलसँग भेटेर पार्टी सदस्यता टुङ्ग्याएका थिए ।

नगर अधिवेशन उद्घाटन समारोहमा उनलाई एमाले बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेल, पोलिटब्युरो सदस्य कमल चौलागाई, संगठन विभाग सचिव माधव ढुंगेललगायतका नेताहरूले स्वागत गरेका छन् ।

विगत २५ वर्षदेखि माओवादी युद्ध र आन्दोलनमा लागेका श्रेष्ठ रामेछापका पहिलो पुस्ताका कम्युनिस्ट नेता स्वर्गीय नारायणबाबु श्रेष्ठका छोरा हुन् ।

रामेछापमा कम्युनिस्ट पार्टी स्थापना गर्नेमध्येका नारायणबाबुका कान्छा छोरा रमेशबाबु नेकपा एसको केन्द्रीय परिषद् सदस्य छन् ।

नरेशबाबु गत स्थानीय निर्वाचनमा रामेछापको मेयर उम्मेदवार भई २५९८ मत प्राप्त गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर