इप्पान अध्यक्षकाे गुनासाे- सरकारबाट राहत र सहुलियत प्राप्त हुन सकेको छैन – Nepal Press

इप्पान अध्यक्षकाे गुनासाे- सरकारबाट राहत र सहुलियत प्राप्त हुन सकेको छैन

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल(इप्पान) का अध्यक्ष गणेश कार्कीले सरकारको तर्फबाट राहत र सहुलियत प्राप्त नभएको बताएका छन् ।

शुक्रबार इप्पानको नयाँ कार्यसमिति चयनको एक वर्ष पुगेको अवसरमा तथा आर्थिक वर्ष २०८१/८२ को बजेटमा आधिकारिक धारणा प्रस्तुत गर्दै अध्यक्ष कार्कीले गत वर्षमै सरकारले घोषणा गरेको राहत तथा सहुलियत प्राप्त नगरेको बताएका हुन् ।

गत वर्ष बाढीका कारणले ३१ वटा जलविद्युत आयोजनामा भएको क्षतिमा संसदको अर्थ समितिले निर्देशन दिएको राहत र सहुलियत अहिलेसम्म नपाएको अध्यक्ष कार्कीले गुनासो व्यक्त गरे । अध्यक्ष कार्कीले भने, ‘हामी साँच्चिकै पीडामा छौं । गत वर्षको बाढीबाट प्रभावित आयोजनाहरूलाई सरकारको तर्फबाट राहत र सहुलियत प्राप्त गरेका छैनन् ।’

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *