नेकपा एससँग डेढ लाख सदस्य, कतिपय जिल्लामा समानुपातिक मतभन्दा पार्टी सदस्य धेरै (सूचीसहित)
प्रतिनिधि चयनमा प्यानल बनाएर प्रतिस्पर्धा गर्न नपाइने
काठमाडौं । नेकपा एकीकृत समाजवादीसँग १ लाख ४६ हजार ७०८ संगठित सदस्य रहेको पाइएको छ । तर, अध्यक्ष माधव नेपालले महाधिवेशन लक्षित गरेर जारी गरेको अन्तर पार्टी निर्देशन १४ मा उल्लेख भएको तथ्यांक अनुसार कतिपय जिल्लामा समानुपातिक मतभन्दा पार्टी सदस्य धेरै देखिएको छ ।
अपानीमा उल्लेख भएअनुसार कोशी प्रदेश १७ हजार ८६२, मधेश प्रदेश ३२ हजार ९६९, बागमतीमा २५ हजार ९९८, गण्डकीमा ८ हजार ८०५, लुम्बिनीमा १५ हजार ६१९, कर्णालीमा २१ हजार ३२४, सुदुरपश्चिममा १७ हजार ६७९ संगठित सदस्य रहेका छन् ।
यस्तै, उपत्यका प्रदेश २ हजार ८६१, सम्पर्क प्रदेश २ हजार ७२८, भारत प्रवासमा ३२९ र अन्य प्रवास ५४३ सदस्य रहेका छन् ।
गत निर्वाचनमा समानुपातिकतर्फ प्राप्त प्रदेशगत मतअनुसार कोशी ४६ हजार २४६, मधेशमा १ लाख ७ हजार ८४, बागमतीमा ५० हजार ५९१, गण्डकीमा ९ हजार ५७३, लुम्बिनीमा २६ हजार ८३२, कर्णालीमा २५ हजार ५५५ र सुदूरपश्चिममा ३२ हजार ५१० मत पाएको थियो। प्रदेशगत हेर्दा संगठित सदस्यभन्दा मत धेरै देखिएपछि केही जिल्लामा समानुपातिक मतभन्दा पार्टी सदस्य धेरै देखिएको छ ।
नेकपा एसको अपानीमा उल्लेख भएको तथ्यांकअनुसार मुस्ताङमा ४०६ संगठित सदस्य छन् तर, त्यहाँ ५५ मत मात्रै पाएको छ । मनाङमा सदस्य ५१ रहेका छन् तर त्यहाँ १७ मत मात्रै पाएको छ ।
यस्तै, पर्वतमा सदस्य १ हजार ४१५ रहेका छन् तर त्यहाँ ८६१ मत मात्रै प्राप्त गरेको छ, स्यांजामा १ हजार ११४ सदस्य रहेका छन् तर ८६२ मात्रै मत ल्याएको छ। जुम्लामा २ हजार ६४३ सदस्य रहेका छन् तर त्यहाँ पनि २ हजार ६४८ मत मात्रै ल्याएको छ ।
यस्तै, ओखलढुंगामा ४२६ सदस्य रहेका छन् त्यहाँ ४३० मत ल्याएको छ । २३० सदस्य रहेको सोलुखुम्बुमा १६२ मत, १ हजार २५१ सदस्य रहेको सिन्धुलीमा ७६१ मत, २ हजार ८४७ सदस्य रहेको मुगुमा २ हजार ६१२ मत, २ हजार ८७४ सदस्य रहेको कालिकोटमा २ हजार ५३, १ हजार ७१ सदस्य रहेको डडेलधुरामा पनि ६६१ मत मात्रै पाएको थियो ।
केही जिल्लामा पार्टीको संगठित सदस्यजति मत समेत ल्याउन नसकेको नेकपा एसले गएको निर्वाचनमा २ लाख ९८ हजार ३९१ मत ल्याएपनि थ्रेसहोल्ड कटाउन नसकेर राष्ट्रिय दल बन्न असफल भएको थियो ।
अपानीमा उल्लेख भएको तथ्यांक सही भए नेकपा एसले आफ्नो पार्टी सदस्यको समेत भोट नपाएको देखिन्छ। कि त यो नेकपा एसको तथ्यांक नै गलत छ ।
यही पार्टी सदस्यबाट नेकपा एसले महाधिवेशनको लागि देशभर असार ५ गते प्रतिनिधि छान्दैछ। प्रतिनिधि चयनमा प्यानल बनाएर उम्मेदवारी दिन नपाउने नियम बनाएको छ ।
प्रतिनिधि चयनमा संगठित सदस्यले मतदान गर्न पाउनेछन् ।
अध्यक्ष नेपालले जारी गरेको अपानीअनुसार कुन जिल्लामा कति संगठित सदस्य छन् हेरौं-
यमालेकाे सङगठित सदस्यकाे गिर्दाे सङ्ख्याहेर्दा त २०८४ काे चुनाबसम्म याे सङ्ख्या घटेर ५०,000 तिर झर्ला जस्ताे छ र सम्सदमा रास्वपा र राप्रपा पार्टिहरु भन्दा तल झर्ला जस्ताे पाे देखिन्छ । अब कमाउनिष्टका गुलिया नारा, मिठा भाषण, तिखा र रमाइला उखान तुक्काबाट भरपुर मजाेरन्जन लिय पनि सचेत जनताले भाेट दियर छाेराछाेरिकाे भबिष्य बिगार्ने काम गर्ने छेनन् भन्ने कामना गराे । चेतना भया !