काठमाडौं फर्केपछि केन्द्रीय समिति घोषणा गर्छौं : उपेन्द्र यादव – Nepal Press

काठमाडौं फर्केपछि केन्द्रीय समिति घोषणा गर्छौं : उपेन्द्र यादव

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले काठमाडौं फर्केपछि केन्द्रीय समिति घोषणा गर्ने बताएका छन् ।

महाधिवेशनबाट १९ पदाधिकारी र १८१ केन्द्रीय सदस्य चयन गर्ने जिम्मेवारी अध्यक्ष यादवले पाएका हुन् । उनले आज जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै महाधिवेशन सफल भएको र केन्द्रीय समिति चाँडै घोषणा गर्ने जानकारी दिएका हुन् ।

सञ्चारकर्मीको जिज्ञासामा उनले भने, ‘सबैलाई समेटेर सबैभन्दा राम्रो टिम बनाउने म्यान्डेड दिएको हो । अधिकार प्रत्यायोजन पनि लोकतान्त्रिक विधि नै हो ।’

जनकपुरधाममा तीन चार दिनसम्म चलेको जसपा नेपालको एकता महाधिवेशनबाट अध्यक्षमा यादवको एकल उम्मेदवारी परेकाले निर्विरोध निर्वाचित भएका थिए । तर अन्य पदाधिकारी र केन्द्रीय सदस्य चयन नगर्दै महाधिवेशन सकियो ।

चुनावबाट गर्दा समावेशी नहुने अबस्था सृजना भएपछि अध्यक्ष यादवले सर्वसम्मत चयन गर्ने अधिकार महाधिवेशनबाट मागेका थिए ।

प्रतिनिधीहरुले अधिकार अध्यक्ष यादवलाई प्रत्यायोजन गर्नुका साथै सबै उम्मेदवारले उम्मेदवारी त्यागेको घोषणा गरेका छन् । त्यसपछि महाधिवेशन सकेको घोषणा केन्द्रीय निर्वाचन समितिले गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर