भारतीय रिलायन्स ‘जियो’लाई स्याटलाइट इन्टरनेट प्रक्षेपण गर्ने स्वीकृति – Nepal Press

भारतीय रिलायन्स ‘जियो’लाई स्याटलाइट इन्टरनेट प्रक्षेपण गर्ने स्वीकृति

काठमाडौं । भारतीय रिलायन्स इन्डस्ट्रिज ‘जियो’ ले स्याटलाइटमा आधारित इन्टरनेट सञ्चालनमा ल्याउने भएको छ । भारतीय रिलायन्स इन्डस्ट्रिजको जियो प्लेटफर्मले भारतीय अन्तरिक्ष नियामक ‘भारतीय राष्ट्रिय अन्तरिक्ष प्रवर्द्धन र प्राधिकरण केन्द्र(इन–स्पेस) बाट स्याटलाइटमा आधारित इन्टरनेटको प्रक्षेपण गर्ने स्वीकृति प्राप्त गरेको हो ।

रिलायन्स इन्डस्ट्रिज जियो र लक्जेम्बर्गको ‘एसईएस ले भारतमा स्याटलाइटमा आधारित उच्च स्पिड इन्टरनेट सेवा प्रदान गर्नका लागि प्रक्षेपण गर्नेछन् । भारतमा यसअघि नै ‘इन्मारासेट’ले पनि अन्तरिक्षमा उपग्रह अर्थात् स्याटलाइट सञ्चालन गर्ने स्वीकृति पाइसकेको छ ।

स्याटलाइटमा आधारित इन्टरनेट एलन मस्कको स्टारलिंक र अमेजनले पनि प्रदान गरिरहेको छ । जुन अहिले पूर्ण रूपमा सफल भएको दाबी गरिएको छैन । विश्वभर स्याटलाइट इन्टरनेटको दौड भइरहेको छ । जसमा एलन मस्कको स्टारलिंक र अमेजन जस्ता विश्वकै ठूला कम्पनीहरू लागिरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर