‘आगे बढ्ते चलो, सर कटाते चलो’ आधारमा अगाडि बढिरहन्छौं : उपेन्द्र यादव – Nepal Press

‘आगे बढ्ते चलो, सर कटाते चलो’ आधारमा अगाडि बढिरहन्छौं : उपेन्द्र यादव

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले जस्तोसुकै परिस्थितिको सामना गर्दै विभेदविरुद्ध अगाडि बढिरहने बताएका छन् ।

जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘एउटा साहित्यकारले भनेका छन्– आगे बढ़ते चलो, सर कटाते भी चलो….। हामी यहि अबस्थामा अगाडी बढ्दैछौं । बढिरहनेछौं ।’

पार्टी फुट्नु दुर्भाग्यपूर्ण घटना बताउँदै अध्यक्ष यादवले ‘चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरिन’ जस्तै कही व्यक्ति चोइटिएर गएको टिप्पणी गरे । उनले भने, ‘केही व्यक्ति चोइटिएर गए । त्यसले महाधिवेशनलाई केहि प्रभाव पारेन । तपाईहरु पनि हेरिहाल्नुभो ।’

‘दुई तलबारको धारबीच मधेश आन्दोलन अगाडि बढेको थियो’, उनले भने, ‘पार्टी फोडेर हामीलाई कमजोर पार्न खोज्यो । पटक पटक यस्तो भयो । अहिले पनि बेला बखत हामीविरुद्ध षड्यन्त्र भइरहेको छ । धेरै आयाराम, गयाराम र पल्टुरामसंग भेट भइरह्यो ।’

उनले सबै खालको विभेद अन्त्य भएपछि मात्र लोकतन्त्र सार्थक हुने भन्दै समावेशी लोकतन्त्रमार्फत समानता ल्याउन र विभेद अन्त्य गर्दै समाजवादतर्फ जान सकिने बताए । पूँजीवादी लोकतान्त्रको विकल्पमा समाजवादी लोकतन्त्र भनेर स्पष्ट धारमा अगाडी बढ्नेमा एकमत भएको उनले सुनाए ।

उनले भने, ‘सबै खालको विभेद अन्त्य भएपछि मात्र लोकतन्त्र सार्थक हुन्छ । समावेशी लोकतन्त्रमार्फत समानता र विभेद अन्त्य गर्दै समाजवादतर्फ जान सकिन्छ । पुंजीबादी लोकतान्त्रको विकल्पमा समाजवादी लोकतन्त्र भनेर स्पष्ट धारमा अगाडी बढ्नेमा एकमत भएका छौं ।’

अध्यक्ष यादवले सैद्धान्तिक र वैचारिक रुपमा पार्टी स्थापित भएको दावी गरे । उनले मधेश मुक्तिका लागि तथा जातीय र वर्गीय उत्पीडनबाट मुक्तिका लागि स्पष्ट धारको विकास पनि महाधिवेशनबाट भएको बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर