लुम्बिनी प्रदेश सरकारले ३९ अर्ब सेरोफेरोको बजेट ल्याउँदै – Nepal Press

लुम्बिनी प्रदेश सरकारले ३९ अर्ब सेरोफेरोको बजेट ल्याउँदै

रुपन्देही। लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८१्०८२ को बजेट आज ल्याउँदै छ । दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्यले बजेट प्रस्तुत गर्ने कार्यसूची छ ।

सरकारले गतवर्षभन्दा केही कम ३९ अर्बको सेरोफेरोमा बजेट ल्याउने तयारी गरेको मन्त्रालय स्रोतले जनाएको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षको तुलनामा झण्डै १० अर्ब रुपैयाँ घटाएर आगामी आर्थिक वर्षको बजेट ल्याउने गृहकार्य गरेपनि मन्त्रालय बढेको र सांसदहरुका माग बढेकाले घटाउन नसकेको हो ।

राजश्व संकलनमा आएको कमीका कारण प्रदेश सकारको बजेट आकार घट्ने जनाउँदै आएको थियो ।

प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०/८१ का लागि कुल ४० अर्ब ४७ करोड ९७ लाख रुपैयाँको बजेट ल्याएको थियो । संघीय सरकारले दिने अनुदान र प्रदेशको राजस्वको स्रोत पनि वृद्धि नभएका कारण गतवर्षभन्दा बजेट बढाउन नसकेको जनाइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *