युक्रेन युद्धमा ७ लाख रुसी सैनिक सक्रिय छन्ः पुटिन
काठमाडौँ । रुसी राष्ट्रपति भ्यादिमिर पुटिनले यmुक्रेन युद्धमा ७ लाख रुसी सैनिक सक्रिय भएको बताएका छन् । रुसी विश्व च्यानल आरटीका अनुसार शुक्रबार युद्धमा जोडिएका अधिकारीहरुसँग बोल्दै पुटिनले यो आँकडा दिएका हुन् ।
पुटिनको नयाँ तथ्यांक अनुसार सन २०२३ डिसेम्बर अर्थात आधा वर्षमा रुसले युद्धमा सक्रिय सेनाको संख्या एक लाखले बढाएको छ । यो खबर यतिबेला पुटिनले सार्वजनिक गरेका छन् जतिबेला युक्रेनमा युद्ध लड्ने सैनिकहरु अभाव हुन थालेका छन् ।
अनिवार्य सैन्य तालिम लिने उमेर बढाउँदा, कैदीहरुलाई सेनामा प्रवेश खुला गर्दा र विभिन्न गम्भिर रोग लागेकाहरुलाई समेट्दा पनि युक्रेनलाई आफ्नो सैन्य जनशक्ति पुर्ति गर्न गाह्रो भएको सममाचार रुसी तथा पश्चिमा दुवै पक्षका मिडियाहरुबाट आइरहेका छन् ।
पुटिनले दुई हप्ता अगाडि युक्रेनका मासिक ५० हजार सैनिकहरुको ज्यान गइरहेको बताएका थिए ।