आदिवासीलाई बाँदर र कोलम्बसलाई शिक्षक देखाइएको जापानी भिडियो हटाइयो
काठमाडौँ । एक जापानी रक ब्यान्डले क्रिस्टोफर कोलम्बसलाई शिक्षक तथा उनी पुगेको क्षेत्रका आदिवासीलाई बाँदर देखाइएको एक जापानी म्युजिक भिडियो हटाइएको छ ।
बीबीसीका अनुसार बुधबार जापानको चर्चित रक व्याण्ड मिस्टर ग्रिन एपल्सले राखेको भिडियो एक दिनपछि हटाइएको हो । भिडियोको शीर्षक नै कोलम्बस राखिएको छ भने कोलम्बसले आदिवासीलाई शिक्षा दिएको देखाइएको छ ।
आदिवासीलाई भने बाँदर जस्तो देखाइएको छ । कोलम्बस, नेपोलियन र विथुविन विभिन्न टापुहरुमा पुगेको र उनीहरुले विभिन्न प्रकारका बाँदर जस्ता मान्छेहरु भेटेको भिडियोमा देखाइएको थियो । व्यापक विरोध भएपछि भिडियो हटाइएको छ ।
भिडियो हटाइएपछि व्याण्डले ‘ऐतिहासिक तथा सांस्कृतिक पृष्ठभूमिहरुको सुझबुझ बिना अभिव्यक्ति दिइएको’ स्वीकार्दे माफी मागेको छ । युट्बुबमा मात्रै ३४ लाख फलोअर्स भएको यो ब्याण्डको यो गीत सुरुमा कोकाकोला कम्पनीको कोक स्टुडियोमा पनि राखिएको थियो ।