ललितपुरको जावलाखेलमा अर्धबेहोस अवस्थामा भेटिएका दम्पतीको मृत्यु
काठमाडौं । ललितपुरका जावलाखेलमा अर्धचेत अवस्थामा फेला परेका दम्पतीको मृत्यु भएको छ ।
सिन्धुपाल्चोक घर भई हाल जावलाखेल अल्का अस्पताल पछाडि डेरा गरि बस्ने २५ वर्षीय उमेश सेन्चुरी र उनकी श्रीमती २५ वर्षीया रेणु सेन्चुरीको उपचारको क्रममा मृत्यु भएको हो ।
उनीहरु गत राती साढे ८ बजे अर्धबेहोश अवस्थामा फेला परेका थिए । अर्धबेहोश अवस्थामा फेला परेका दुवैजनालाई प्रहरीले उपचारको लागि पाटन अस्पताल लगेको थियो ।
उपचारको क्रममा उनीहरुको साढे ९ बजे मृत्यु भएको थियो । घटना सम्बन्धमा अनुसन्धान कार्य शुरु गरिएको ललिलतपुर जिल्ला प्रहरी परिसरले जनाएको छ । दुबैको शव शिक्षण अस्पताल महाराजगन्जमा पोष्टमार्टमको लागि पठाइएको छ ।
उनीहरुले ११ वर्ष अघि बिहे गरेका थिए । तर पछिल्लाे समय श्रीमान श्रीमतीकाे सम्बन्ध बिग्रिएकाे थियाे । उनीहरुबीचकाे
सम्बन्ध बिग्रिएकै कारण काेठामा श्रीमती रेणु मात्रै बस्दै आएकी थिइन् । उमेश घटना हुनुअघि दिनभरी काेठा वरिपरि घुमिरहेका थिए । प्रहरी स्राेतका अनुसार उनीहरुकाे काेठाबाट २ वटा पाेइजनकाे जस्ताे देखिने बट्टा भेटिएकाे थियाे । उनीहरुकाे शरीरमा कुनै घाउ चाेट नभेटिएकाे प्रहरीकाे भनाइ छ ।
भित्रैबाट ढाेका लगाइएकाले छिमेकीले झ्यालबाट हेर्दा उनीहरु बेहाेश अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । उनीहरुले मृत्युकाे कारण बिष सेवन हाे वा अन्य कारण हाे भनेर पाेष्टमार्टम रिपाेर्टले बताउने प्रहरीले बताएकाे छ ।