कोशीमा १ वर्षमा बढ्यो ४५६ मेगावाट जलविद्युत उत्पादन – Nepal Press

कोशीमा १ वर्षमा बढ्यो ४५६ मेगावाट जलविद्युत उत्पादन

विराटनगर । कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले प्रदेशको कुल गार्हस्थ उत्पादन ९ खर्ब ३ अर्ब रुपैयाँ पुग्ने बताएका छन् ।

आर्थिक वर्ष २०८१/८२को बजेट वक्तव्यमा उनले प्रदेशको कुल गार्हस्थ उत्पादन ५ खर्ब ९९ अर्बबाट बढेर ९ खर्ब पुग्ने बताए ।

उनले प्रदेशको प्रतिव्यक्ति आय १ हजार ३३४ अमेरिकी डलर पुग्ने अनुमान गरेका छन् । अहिले प्रदेशमा प्रतिव्यक्ति आय ९३४ अमेरिकी डलर छ ।

मन्त्री मगरले प्रदेशमा एक वर्षमा ४०० मेगावाट विद्युत उत्पादन बढेर ५७७ पुगेको बताए । ९७.७ प्रतिशत जनसंख्यामा विद्युतको पहँुच पुगेको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *