कोशी प्रदेशमा सबैलाई स्वास्थ्यमा पहुँच पुर्याउन घुम्ती बस सेवा
विराटनगर । कोशी सरकारले प्रदेशका सबै वासिन्दासम्म स्वास्थ्य सेवा पु¥याउन घुम्ती बस सेवा शुरु गर्ने भएको छ । घुम्ती बस सेवामा विशेषज्ञ सेवासहितको स्वास्थ्य सेवा उपलब्ध हुनेछन् ।
घुम्ती बस सेवामा आयुर्वेदिक र होमिपेथिक सेवा पाइने छ । यसका लागि प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ का लागि २ करोड ८० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर रानाले आज प्रदेशसभामा आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै औषधीय प्रयोजनका लागि गाँजा खेती गर्न बजेट विनियोजन गरेको बताए ।
उनले स्वास्थ्य क्षेत्रका लागि ३ अर्ब ५८ करोड रुपैयाँ बजेट विननियोजन गरेको बताए ।